प्रतिनिधिसभा विघटन गर्ने ओलीको दोस्रो प्रयास पनि विफल
सोमबार, २८ असार २०७८, १३ : ३९
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो प्रयास पनि विफल भएको छ । संवैधानिक इजलासले प्रधानमन्त्री ओलीको सिफारिसमा विघटन गरिएको प्रतिनिधिसभालाई दोस्रो पटक समेत पुनर्स्थापना गरिदिएको छ ।
सोमबार संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेको हो । यसअघि गत फागुन ११ मा पनि संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गरेको थियो ।
प्रधानमन्त्री ओलीले पहिलो पटक गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । जेठ ८ गते उनले दोस्रो पटक प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको दुवै पटकको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै अनुमोदन गरेकी थिइन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

