सर्वोच्चद्वारा संविधान र लोकतन्त्रको रक्षा भयो : महेन्द्रराय यादव
जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य महेन्द्रराय यादवले देशमा पुनः एकपटक लोकतन्त्रको जित भएको बताएका छन् । सर्वोच्च अदालतले आज गरेको आदेशले जनतालाई न्यायालयमाथि विश्वास बढेको बताउँदै उनले संघीयता, लोकतन्त्र, समानुपातिक समावेशीलाई रक्षाका लागि अदालतको आदेश स्वागतयोग्य रहेको बताए । सर्वोच्च अदालतको आदेशसँगै केपी शर्मा अ‍ोलीको निरंकुश शासनको अन्त्य भएको बताउँदै उनले गठबन्धनले समृद्ध नेपाल बनाउनेको अभिभारा पुरा गर्ने बताए ।
गठबन्धनले सहमतिअनुसार सरकार सञ्चालन गरेर देशलाई निकास दिने बताउँदै उनले ओली सरकारले गर्न नसकेको काम आगामी गठबन्धन सरकारले गर्ने बताए । गठबन्धन सरकारले पुनः बजेट ल्याउनुपर्ने बताउँदै उनले अब देशमा देखिएको अन्यौलता अन्त्य गर्नुपर्ने बताए ।
उनले जसपामा रहेका नेताहरुलाई पनि एकजुट हुन आग्रह गरे । ओली नेतृत्वको सरकारमा सहभागी भएका सांसदलाई कारवाही गरिएको बताउँदै उनले त्यसबाहेकका सांसदहरुलाई एकीकृत हुन पनि उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
-
टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
-
अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण