आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चद्वारा संविधान र लोकतन्त्रको रक्षा भयो : महेन्द्रराय यादव

‘ओलीको निरंकुश शासनको अन्त्य’
सोमबार, २८ असार २०७८, १४ : ४१
सोमबार, २८ असार २०७८

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य महेन्द्रराय यादवले देशमा पुनः एकपटक लोकतन्त्रको जित भएको बताएका छन् । सर्वोच्च अदालतले आज गरेको आदेशले जनतालाई न्यायालयमाथि विश्वास बढेको बताउँदै उनले संघीयता, लोकतन्त्र, समानुपातिक समावेशीलाई रक्षाका लागि अदालतको आदेश स्वागतयोग्य रहेको बताए । सर्वोच्च अदालतको आदेशसँगै केपी शर्मा अ‍ोलीको निरंकुश शासनको अन्त्य भएको बताउँदै उनले गठबन्धनले समृद्ध नेपाल बनाउनेको अभिभारा पुरा गर्ने बताए । 

गठबन्धनले सहमतिअनुसार सरकार सञ्चालन गरेर देशलाई निकास दिने बताउँदै उनले ओली सरकारले गर्न नसकेको काम आगामी गठबन्धन सरकारले गर्ने बताए । गठबन्धन सरकारले पुनः बजेट ल्याउनुपर्ने बताउँदै उनले अब देशमा देखिएको अन्यौलता अन्त्य गर्नुपर्ने बताए ।

उनले जसपामा रहेका नेताहरुलाई पनि एकजुट हुन आग्रह गरे । ओली नेतृत्वको सरकारमा सहभागी भएका सांसदलाई कारवाही गरिएको बताउँदै उनले त्यसबाहेकका सांसदहरुलाई एकीकृत हुन पनि उनले आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप