‘दोहोरी च्याम्पियन’मा अब उत्कृष्ट १६ को भिडन्त
रियालिटी शो ‘दोहोरी च्याम्पियन’मा उत्कृष्ट १६ को प्रतिस्पर्धा शुरु भएको छ । १२ विजेता समूह र ४ ‘वाइल्ड कार्ड’ प्रवेश समूहको प्रतिस्पर्धा शुरु भएको हो । शोले अहिले भोटिङ राउण्ड समेत सुरु गरेको छ । अव प्रतियोगितामा दर्शकको भोटिङको पनि महत्व रहनेछ ।
उत्कृष्ट १६ समुहको तालिका समेत सार्वजनिक गर्दै उत्कृष्ट १६ बाट ८ छानिने आयोजकले जनाएको छ । दर्शकको भोटिङलाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत आधारमा प्रतियोगीतीहरु उत्कृष्ट ८ मा प्रवेश गर्नेछन् ।
गायक प्रजापति पराजुली, गायिका सीता थापा, गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा निर्णायक रहेको प्रतियोगितामा गायक बद्री पंगेनी र गायिका प्रिती आले संचालक रहेका छन् ।
शोमा प्रथम, दोस्रो र तेस्रोलाई क्रमश २०, १५ र १० लाख रुपैयाँ पुरस्कार राखिएको छ । शो हरेक शनिबार बेलुका ८ः५० बाट नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण