‘उल्टो सुल्टो’को काममा फर्किए रवि
कलाकार रवि डंगोल ‘का बेइमान’ काममा फर्किएका छन् । कोरोना संक्रमित भएपछि केही समय घर र त्यसपछि ९ दिन अस्पताल बसेर कोरोना जितेका उनी लामो समयपछि सिरियल ‘उल्टो सुल्टो’ छायाँकनमा फर्किएका छन् ।
अहिले स्वास्थ्यको अवस्था पनि ठिक भएको र घरमै बस्दा बस्दा दिक्क भएकोले पनि आफु काममा फर्किएको रविले बताए ।
‘काममा फर्किए पनि म भीडभाडबाट भाग्ने गरेको छु । कोही मानिस नजिक आउँछन् भने म आफै टाढा हुन्छु’ रविले भने ‘आफ्नो मेकअप समेत आफैले गर्ने गरेको छु ।’ सुटिङ स्पोटमा पहिले स्यानिटाइज गरेर मात्र गर्ने गरेको बताएका रविले सुटिङमा प्रशस्तै स्वास्थ्य सुरक्षा अपनाउने गरेको सुनाए ।
काम नगरि बस्नु भन्दा थोरै युनिटका साथ सुरक्षा अपनाएर काम गर्न थालेको बताएका रवि अहिले ‘उल्टो सुल्टो’को नियमित काम गरिरहेका छन् ।
यो सिरियल उनले मिडिया हवका लागि निर्माण गरेका हुन् । मिडिया हवले यो सिरियल टेलिभिजनबाट प्रसार गर्दै आफ्नो युट्युवमा पनि राख्दै आएको छ ।
बालदीप राई निर्माता र कलाकार डंगोलकै निर्देशन रहेको सिरियलमा रवि डंगोल, पुर्ण थापा, सुवास गजुरेल, राजन थापा, बालदीप राई, मिना लामा, निशा पाख्रिन, सुशीला निरौला, मुकेश हमाल, अनामिका लामिछाने, दुर्गा नेपाल,रजत भट्ट, गणेश राई लगायतको मुख्य अभिनय रहदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण