भारतमा २७ दिनपछि एकदिनमा दुई हजारभन्दा बढीको मृत्यु
भारतमा २७ दिनपछि कोरोना संक्रमितको मृत्युदरमा अचानक वृद्धि भएको छ । सोमबार २,०२४ जनाको मृत्यु भएको छ । यसअघि दुई हजारभन्दा बढी मृत्यु १६ जूनमा भएको थियो, त्यतिबेला २,३२९ जनाको मृत्यु भएको थियो ।
मृतकमध्ये सबैभन्दा धेरै मध्यप्रदेशमा भएको छ । यहाँ १,४८१ जनाको मृत्यु भएको बताइएको छ । यद्यपि, राज्यको १,४७८ मृतकको पुरानो आँकडा मिलाउँदा यस्तो भएको हो । महाराष्ट्रमा पनि पहिला यस्तै गरिएको थियो । त्यहाँ ९ जुलाईमा मृतकको पुरानो आँकडा मिलाएपछि ७३८ जनाको मृत्यु भएको जानकारी दिइएको थियो । त्यसपछि पनि देशभरी भएको मृत्युको आँकडा १,२०७ सम्म पुगेको थियो ।
टाइम्स अफ इन्डियाका अनुसार मृतकको पुरानो आँकडा १७ मेमा पहिलो पटक मिलाइएको थियो । त्यसपछि जूनको अन्तिम दुई दिन र जुलाईको सुरुवाती दुई दिनमा लगातार पुरानो मृत्युको आँकडा जोडिएको थियो ।
नयाँ संक्रमितमा भारी गिरावटः
पछिल्लो २४ घण्टामा नयाँ संक्रमितमा भारी गिरावट आएको छ । ३०,८१८ नयाँ संक्रमितको पहिचान भएको छ भने ४८,९१६ निको भएका छन् । भारतमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा २०,१२६ को कमी आएको छ । यो पछिल्लो २४ दिनमा सबैभन्दा धेरै हो । यसअघि २८ जूनमा २०,८७२ सक्रिय संक्रमित कम भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रविधिको उच्चतम प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि : सञ्चारमन्त्री शर्मा
-
सलमानको घरमा गोली चलाउने अभियुक्तको आत्महत्यामाथि प्रश्न, प्रहरीले हत्या गरेको दाबी
-
पोखराको बिजुली पसलमा आगलागी
-
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
-
आईपीएलमा आज : खेल जितेर छनोट हुने राजस्थानलाई अवसर
-
एक नेपालीले वर्षमा ९३ किलो खाना खेर फाल्छ