भारतमा २७ दिनपछि एकदिनमा दुई हजारभन्दा बढीको मृत्यु
भारतमा २७ दिनपछि कोरोना संक्रमितको मृत्युदरमा अचानक वृद्धि भएको छ । सोमबार २,०२४ जनाको मृत्यु भएको छ । यसअघि दुई हजारभन्दा बढी मृत्यु १६ जूनमा भएको थियो, त्यतिबेला २,३२९ जनाको मृत्यु भएको थियो ।
मृतकमध्ये सबैभन्दा धेरै मध्यप्रदेशमा भएको छ । यहाँ १,४८१ जनाको मृत्यु भएको बताइएको छ । यद्यपि, राज्यको १,४७८ मृतकको पुरानो आँकडा मिलाउँदा यस्तो भएको हो । महाराष्ट्रमा पनि पहिला यस्तै गरिएको थियो । त्यहाँ ९ जुलाईमा मृतकको पुरानो आँकडा मिलाएपछि ७३८ जनाको मृत्यु भएको जानकारी दिइएको थियो । त्यसपछि पनि देशभरी भएको मृत्युको आँकडा १,२०७ सम्म पुगेको थियो ।
टाइम्स अफ इन्डियाका अनुसार मृतकको पुरानो आँकडा १७ मेमा पहिलो पटक मिलाइएको थियो । त्यसपछि जूनको अन्तिम दुई दिन र जुलाईको सुरुवाती दुई दिनमा लगातार पुरानो मृत्युको आँकडा जोडिएको थियो ।
नयाँ संक्रमितमा भारी गिरावटः
पछिल्लो २४ घण्टामा नयाँ संक्रमितमा भारी गिरावट आएको छ । ३०,८१८ नयाँ संक्रमितको पहिचान भएको छ भने ४८,९१६ निको भएका छन् । भारतमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा २०,१२६ को कमी आएको छ । यो पछिल्लो २४ दिनमा सबैभन्दा धेरै हो । यसअघि २८ जूनमा २०,८७२ सक्रिय संक्रमित कम भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण