ओलीले बुधबार बिहान जुलुससहित बालुवाटार छाड्ने
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन् । एमाले नेता महेश बस्नेतले ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कटिङ्ग र स्वागत गर्दै बालकोट लग्ने बताए । यसका लागि बस्नेतले बालुवाटारमा भेला हुन आह्वान गरेका छन् ।
‘बालुवाटार प्रधानमन्त्री कार्यालयदेखि नेकपा एमालेका श्रद्धेय अध्यक्ष क.केपी शर्मा ओलीलाई हजारौँ बाइक, गाडीले स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन सहित प्रस्थान गराउने कार्यक्रममा सहभागिताको लागि सबैलाई हार्दिक आमन्त्रण गर्दछौं’, बस्नेतले सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् ।
बिहान ११ बजे बालुवाटारमा भेला भएर नारा जुलुससहित ओली बालकोटतिर लाग्नेछन् । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी परमादेश जारी गरेपछि ओलीको सरकारबाट बहिर्गमन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण