कर्णाली सरकार संवैधानिक रुपमा गठन नभएको कँडेलको टिप्पणी
नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशका नेता यामलाल कँडेलले कर्णाली सरकार संवैधानिक रुपमा गठन नभएको बताएका छन् । बुधबार बसेको कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको १८ औँ बैठकमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
संसदमा बोल्दै कँडेलले भने ,‘सरकार संवैधानिक रुपले गठन हुनुपर्यो । कर्णाली सरकारलाई अहिलेको व्यवस्था, प्रणालीलाई दिगो राख्ने कुरा छैन । प्रचलनलाई भताभुङ्ग गर्न पाए कर्णाली सरकार आफुलाई बहादुर ठान्छ ।’ उनले थप भने, ‘को व्यक्ति कहाँ के गर्दैछन् तर, सरकार गठन गर्दा संविधानको धारा १६८ उपधारा २ अनुसार प्रदेशसभामा दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बनेको सरकार भन्ने बुझिन्छ । तर, नेकपा एमालेको समर्थन छैन त !’
‘ल व्यक्तिले चाहे मानौँ । चाहेपछि संविधानलाई मान्नुपर्दैन ? कँडेलले प्रश्न गरे । संविधानको पालकले त संविधान मान्नुप¥यो नी !’ कँडेलले भने । उनले संसद आफ्नो दलको कारण नभई छाती फुलायर (सरकार) हिँड्नेहरूका कारण बन्धक भइरहेको आरोप लगाए ।
सभा अवरुद्ध गर्नुको मुख्य कारण नै गत जेठ ३१ मा सभामुखले रुलिङ गरेको कुरालाई कार्यान्वयन किन भएन भन्ने हो’ कँडेलले भने, ‘सभामा सभामुखले रुलिङ गरेको कुरालाई कार्यान्वयन गर्नमा हामीले कुरा उठाएका छाँै । हामीले कुरा उठाए पनि सभाको मर्यादा बचाउने हो भने माग सबैको हो ।’
राष्ट्रिय राजनीतिमा पनि नयाँ नयाँ अभ्यासहरू भइरहेका तर, संविधान भत्किएको हेरेर सभा चलाउन नसकिने कँडेलको भनाई छ । नेता कँडेलले सभाको मर्यादालाई जोगाउन र सभामुखले गरेको रुलिङ उल्लङ्घन गर्ने कुरा प्रदेश सरकारले गरिरहेका आरोप समेत लगाए ।
उनले सर्वोच्चको आदेशअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पद छोडेको बताउँदै त्यही आदेश कर्णालीमा पालना नभएको पनि बताए । एमालेले केही दिनदेखि प्रदेशसभामा आफ्नो अडानलाई कायमै राखेको र संसद अवरुद्ध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण