ताँजाकोटमा इन्टेरनेट सेवा अवरुद्ध
मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको इन्टरनेट टावरमा आएको खराबीका कारण जिल्लाको ताँजकोट गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
असार मसान्तको चापाचापको समयमा गाउँपालिकामा जोडेको वल्र्डलिङ्कको इन्टरनेटले काम नगरेपछि भुक्तानी दिने काम प्रभावित बनेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले जानकारी दिए ।
गाउँपालिकामा केही दिनयता नेटले काम नगरेपछि केही स्रेस्ता लिएर एक दिनको पैदलबाटो अदानचुलीको श्रीनगरमा आएर काम गर्नुपरेको गाउँपालिका स्रोतले जानकारी दिएको छ ।
नेट नचलेपछि ताँजकोटमा भएको ग्लोबल आइएमई बैंकले दिने सेवासमेत प्रभावित बनेको छ । सालतमामीको समयमा इन्टरनेटले काम नगरेपछि निकै गाह्रो भएको भन्दै बैंकका पव बुढाले अत्यावश्यक भुक्तानी र अन्य काम अदानचुली शाखाबाटै चलाउनुपरेको बताए ।
“हामीले नगरी नहुने भुक्तानी र अन्य काम अदानचुलीको शाखाबाटै चलाएका छौँ”, उनले भने, “अनलाइनबाट सबै काम गर्नुपर्नेमा नेट नै नभएपछि पछिल्लो समय गाउँपालिका र बैंकलाई काम गर्न निकै सकस भएको हो ।”
ताँजकोटमा गएको तीन दिनदेखि इन्टरनेट आउने जाने भएकाले मर्मतका लागि मुगु गमगडीबाट खत्याडतर्फ हिँडेको वल्र्डलिङ्कका प्रतिनिधि प्रमोद कुमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
-
देशभरका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको असर : कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण