यो वर्ष होला त सौगात र सृष्टिको विवाह ?
अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठबीचको प्रेम चलचित्र वृत्तमा नौलो विषय होइन । पछिल्लो समय उनीहरु लिभिङ टुगेदरमा रहेको समाचार समेत आउने गरेका छन् ।
केही फिल्ममा सँगै अभिनय गरेका उनीहरुले सुरुका समय भने प्रेम लुकाउने कोसिस गरेका थिए । तर अहिले भने उनीहरु सामाजिक संजाल मार्फत एक अर्काप्रतिको प्रेम बिभिन्न माध्यमले बाहिर ल्याउने गर्दछन् ।
केही समय अगाडि यो जोडी विवाहको तयारीमा पनि थिए । कोरोना लगायत विभिन्न कारणले गर्न उनीहरुको त्यो योजना पुरा हुन सकेन । अहिले पनि यो जोडी विवाहको तयारीमा जुटेको समाचार बाहिर आएको छ ।
अभिनेता सौगातले पनि मिडियासँगको कुराकानीका क्रममा यो वर्ष विवाह गर्ने योजना रहेको बताएका छन् ।
अभिनेता सौगात अहिले फिल्म अभिनयको अलवा निर्माणमा पनि सक्रिय छन् । सुवर्ण थापाको निर्देशन रहेको फिल्म ‘सेक्रेट्स अफ राधा’मा उनको समेत लगानी रहेको छ । यो फिल्म निर्माणमा उनलाई सृष्टिले पनि साथ दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण