टी – सीरीजका प्रबन्ध निर्देशक भूषण कुमारविरुद्ध बलात्कारको मुद्दा दर्ता
टी–सीरीज कम्पनीका प्रबन्ध निर्देशक भूषण कुमारविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको छ । मुम्बईको डीएन नगर प्रहरी स्टेशनमा मुद्दा दर्ता गरिएको छ । टी–सीरीजको प्रोजेक्टमा काम दिने लोभ देखाएर भूषण कुमारले ३० वर्षीया महिलामाथि बलात्कार गरेको आरोप छ ।
महिलाले लगाइन् यस्ता आरोपः
आरोपका अनुसार काम दिलाउने लोभमा सन् २०१७ अगस्टदेखि २०२० सम्म महिलामाथि अत्याचार गरियो । महिलाले उनीमाथि तीन भिन्न भिन्न स्थानमा उनीमाथि अत्याचार गरिएको आरोप लगाइन् । प्रहरीले यसबारे मुद्दा दर्ता गरिएको र हाल अनुसन्धान भइरहेको जानकारी दिए । यो मामिलामा हालसम्म गिरफ्तारी भने भएको छैन ।
स्मरण रहोस्, सन् २०१८ मा मीटू अभियानका क्रममा पनि भूषण कुमारमाथि एक महिलाले यौन शोषणको आरोप लगाएकी थिइन् । यद्यपि, भूषणले यसबारे आफ्नो पक्ष राख्दै यी आरोपलाई गलत बताएका थिए । साथै उनले यो सबै उनको छवी खराब पार्नका लागि गरिएको पनि बताएका थिए । उनकी श्रीमती दिव्या पनि भूषणको समर्थनमा आएकी थिइन् । दिव्याले ट्वीटमा लेखेकी थिइन्, ‘टी–सीरीज आज जुन स्थानमा छ, त्यो मेरा श्रीमानको कडा मिहिनेतका कारण हो । मानिसहरु भगवान कृष्णको विरुद्धमा त आएका थिए । यद्यपि, मीटू अभियानको उद्देश्य समाजबाट फोहोर हटाउनु हो तर यो दुःखद हो कि केही मानिसहरु यसको गलत फाइदा उठाइरहेका छन् ।’
व्यक्तिगत जीवनमा भूषण कुमार विवाहित हुन् । उनकी श्रीमती दिव्या खोसला कुमार बलिउड इन्डष्ट्रिमा सक्रिय छिन् । दिव्या र भूषणका एक छोरा पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण