गण्डकीमा थप ३८१ जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशमा थप ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १२३ जनाको नमुना परीक्षण गरिएकामा ३८१ जनामा संक्रमण देखिएको हो । प्रदेशका ११ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा कास्कीमा र सबैभन्दा थोरै गोरखामा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनकाअनुसार कास्की १४६, बागलुङ ४९, स्याङ्जा ३५, मनाङ ११, मुस्ताङ २, म्यादी ५, पर्वत ७३, गोरखा १, लमजुङ ८, तनहुँमा २० र नवलपुरमा ४१ ज्नामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६० हजार ९०० पुगेको छ ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ३ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–९का ८५ वर्षीय पुरुष, स्याङजा भीरकोट –४ की ८४ वर्षीय महिला र नवलपरासी पूर्व देवचुली –२ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १७ जना पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५७ हजार ६२ पुगेको छ ।
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २ हजार ८२१ जना पुगेको निर्देशनालयले जनाकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण