बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप ३८१ जनामा कोरोना संक्रमण

शुक्रबार, ०१ साउन २०७८, १८ : ५१
शुक्रबार, ०१ साउन २०७८

गण्डकी प्रदेशमा थप ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १२३ जनाको नमुना परीक्षण गरिएकामा ३८१ जनामा संक्रमण देखिएको हो । प्रदेशका ११ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा कास्कीमा र सबैभन्दा थोरै गोरखामा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । 

उनकाअनुसार कास्की १४६, बागलुङ ४९, स्याङ्जा ३५, मनाङ ११, मुस्ताङ २, म्यादी ५, पर्वत ७३, गोरखा १, लमजुङ ८, तनहुँमा २० र नवलपुरमा ४१ ज्नामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६० हजार ९०० पुगेको छ ।

प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ३ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–९का ८५ वर्षीय पुरुष, स्याङजा भीरकोट –४ की ८४ वर्षीय महिला र नवलपरासी पूर्व देवचुली –२ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १७ जना पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५७  हजार ६२ पुगेको छ ।  

त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २ हजार ८२१ जना पुगेको निर्देशनालयले जनाकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप