रौतहटमा भारतीय नम्बरको २९ मोटरसाइकल र एउटा कार नियन्त्रणमा
भन्सार छलेर निर्बाध रूपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरू रौतहट ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । चन्द्रपुर आसपास बाट २९ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल र एउटा कार नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर ज्ञानबहादुर माझीले बताएका छन् ।
निर्बाध रूपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरूलाई नियन्त्रण लिएर पहिलो पटक कडा चेतावनी सहित जरिवाना असुल गरेर शनिवार साँझ छोडिएको इन्स्पेक्टर जानकारी दिएका छन् । पछिल्लो दुई दिनभित्र उक्त मोटरसाइकल र कार ट्राफिकले नियन्त्रणमा लिएको थियो । माझीका अनुसार सुरुमा केही दिन भारतीय नम्बर प्लेटका सवारी साधनहरू नचलाउन स्थानीय रेडियोहरूबाट सूचना प्रशारण गरेर, माइकिङ गरेर सर्वसाधारणलाई जानकारी दिएको थियौँ। साउन १ गतेदेखि चेकिङ गरेर नियन्त्रणमा लिन सुरु गरेको हो।
नियमविपरीत चलेका भारतीय नम्बर प्लेटका सवारी साधनहरूलाई जिल्लाभर अभियानकै रूपमा कार्यक्रम सञ्चालन गरेर नियन्त्रणमा लिइने माझीले जानकारी दिएका छन् । नेपालको कानुन अनुसार भन्सारमा तोकिएको राजस्व तिरेर कुनै पनि भारतीय नम्बर प्लेटका सवारी साधनहरू वर्षमा बढीमा ३० दिन चलाउन पाइन्छ । तर रौतहटमा भने निर्बाध रूपमा त्यस्ता सवारीसाधनहरू चल्ने गरेका छन् । यसरी चलेका सवारीसाधनहरूबाट दुर्घटना भएमा पनि त्यस्ता सवारीसाधनहरू र सवारी धनीहरूलाई पक्राउ गर्ने कुनै आधार नभएको प्रहरीको भनाइ रहेको छ । उता जसपाका नेता रेवन्त झाले प्रदेश २ का जनता र भारतीय बीच रोटी बेटीको सम्बन्ध रहेकाले भारतीय नम्बरको गाडी सदियौँदेखि प्रयोग हुँदै आएकाले सरकारले वैकल्पिक बाटो निकाल्नु पर्ने सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण