नेप्से परिसूचक एकैदिन ९७.२१ अंकले बढ्यो
लामो समयसम्मको निराश सेयर बजारको मौनता तोड्दै आइतबार सेयर बजार परिसूचक नेप्सेले छलाङ मारेको छ । नेपाल स्ट्क एक्सचेन्जका अनुसार आज आइतबार नेप्से परिसूचक एकै दिन ९७.२१ अंकले बढेर २ हजार ९८०.६१ विन्दुमा पुगेको हो ।
केही समयअघि ३ हजार माथि पुगेर ओरालो यात्रामा रहेको नेप्सेले पुनः आफ्नो उकालो यात्रा तय गरेको हो । नेप्सेका अनुसार आज साताको पहिलो कारोबारका दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १९.५५ अंकले बढेर ५६०.९६ विन्दुमा पुगेको छ ।
यसदिन सबै समूहहरु धनात्मक (पोजेटिभ) भएर बजारमा हरियाली छाएको छ । आज कुल २२१ कम्पनीका २ करोड ८८ लाख कित्ता माथिको सेयर १ लाख १६ हजार २९४ पटक किनबेच हुँदा ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।
गत हप्ताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ११.३३ अंकले बढेर २ हजार ८८३ दशमलव ३८ बिन्दुमा पुगेको बजार बन्द भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण