फेरिएको अनुहारमा तस्बिर सेयर गरेका कारण ट्रोल भइन् आएशा टाकिया : ट्रोलर्सले भने, ‘आफैंले अनुहार बिगारिन्, पहिला राम्री थिइन्’
टार्जन, डोज र वान्टेडजस्ता फिल्ममा अभिनय गरेकी आएशा टाकिया थुप्रै वर्षदेखि फिल्मबाट टाढा छिन् तर सोसल मिडियामार्फत् प्रशंसकसँग भने जोडिइरहन्छिन् । हालै नायिकाले इन्स्टाग्राममा आफ्ना केही तस्बिर सेयर गरेकी छिन् जसमा उनको शल्यक्रियाका कारण बिग्रिएको अनुहार स्पष्ट रुपमा देख्न सकिन्छ । हालै सेयर गरिएका केही तस्बिरमा आएशाले हरियो रङको कुर्ता लगाएकी थिइन् जसमा उनको ओठ र अनुहार निकै फेरिएको देखिएको थियो । वान्टेड नायिकाको पूर्ण रुपमा फेरिएको अनुहार देखेर अब उनलाई ट्रोल गर्दै उनको भिडियोमा विभिन्न खाले प्रश्न सोधिरहेका छन् ।
एक प्रयोगकर्ताले लेखे, ‘छ्या... उनले आफूमाथि के गरेकी यस्तो ? पहिला उनी असाध्यै राम्री थिइन् ।’
यस्तै अन्य प्रयोगकर्ताले लेखे, ‘तपाईंले आफ्नो अनुहार बर्बाद पार्नुभयो ।’
यस्तै केही मानिसहरुले लेखे, ‘तपाईंले आफ्नो अनुहारबाट सिलिकन हटाउनुहोस्, असाध्यै डरलाग्दो देखिनु भएको छ ।’
‘असाध्यै नराम्री’ र ‘प्लास्टिककी गुडिया’ जस्ता कमेन्ट पनि नायिकाको पोस्टमा भरिएका छन् ।
स्मरण रहोस्, नायिका लामो समयदेखि आफ्नो परिवर्तित अनुहारका कारण ट्रोलिङको शिकार भइरहेकी छिन् । हालै एक अन्तर्वार्तामा उनले ट्रोलर्सबारे भनेकी थिइन्, ‘मैले असाध्यै धेरै ट्रोलिङ झेलेको छु । मानिसहरु थुप्रै पटक आफ्नो कार्यालय र नीजि जीवनमा पनि ट्रोल हुने गर्छन् । म यतिमात्रै भन्न चाहन्छु कि हरेक व्यक्ति भिन्न हुन्छन् र उसको आफ्नो विशेषता हुन्छ । मानिसहरुले यो बुझ्नुपर्छ, कसैलाई होच्याउनु हुँदैन ।’
आएशालाई अन्तिम पटक सन् २०११ को फिल्म मोडमा देखिएको थियो । सन् २०१७ मा नायिका ‘बोरीवली का ब्रूस ली’ फिल्मबाट फिर्ता हुने खबर आएको थियो । यद्यपि, अहिलेसम्म यो फिल्म अधुरो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
इजरायली सेनाद्वारा सात महिनाका प्यालेस्टाइनी शिशुको हत्या, आमाबुबा घाइते
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण