‘मेक इन नेपाल स्वदेशी’ अभियानलाई कार्यान्वयनमा लैजाने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी’ अभियान कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा अर्थमन्त्री शर्माले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् ।
आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु नै रहेको जिकिर गर्दै अर्थमन्त्री शर्माले निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ र सपोर्ट रहने बताए । ‘मैले मन्त्री भएलगत्तै तथ्याङ्कहरू हेरेँ, हाम्रो आयात उच्च रहेको तर निर्यात कमजोर रहेको र विदेशी मुद्रा सञ्चिति पनि कम रहेको देखेँ । यो अवस्थामा अब परिवर्तन ल्याउन जरुरी छ, त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर नेपालमै उत्पादन वृद्धि गर्ने र आयात न्यूनीकरण गर्नेतर्फ सोच्नुपर्ने बेला आएको छ’ अर्थमन्त्री शर्माले भने ।
सो अवसरमा उनले आर्थिक विकास, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई सधैं साथमा लिएर अघि बढ्नेमा आफु सधैं सकारात्मक रहने बताउँदै औद्योगिक वातावरण सिर्जनाका लागि निजी क्षेत्रलाई सहयोग गर्न आफू सधैं तयार रहेको उल्लेख गरे ।
‘सरकारको उद्देश्य अर्थतन्त्रको सबलीकरण नै हो । निजी क्षेत्रका लागि लगानीको वातावरण तयार गर्न र नीतिगत सहजीकरण गर्न हामी सदैव तयार छौँ । तपाईंहरूले लगानी बढाउनुस्’ उनले भने । साथै मन्त्री शर्माले आफू निजी क्षेत्रबाट रचनात्मक सुझाव र सल्लाह लिएर अघि बढ्ने बताउँदै उनले कोभिड– १९ को महामारीले अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्दै अघि बढ्न सरकारलाई निजी क्षेत्रको सहयोग आवश्यक पर्ने उल्लेख गरे । मन्त्री शर्माले असल औद्योगिक सम्बन्धसहितको लगानीयोग्य वातावरण सिर्जना आफ्नो प्राथमिकतामा रहेको समेत बताए ।
सो अवसरमा परिसंघका अध्यक्ष सतीशकुमार मोरले नेपाल सरकारको अर्थमन्त्री पदमा नियुक्त भएकोमा अर्थमन्त्री शर्मालाई बधाई ज्ञापन गर्दै सबै नेपाली नागरिकलाई जति सक्दो चाँडो खोप र आर्थिक पुनरुत्थानको व्यवस्था गर्न मन्त्री शर्मासँग आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण