स्काईवर्थ ७ मोसन डीडी वासिङ मेसिन बजारमा
स्मार्ट अपलायन्सेस् प्रालि केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी तथा इन्टेलिजेन्सको युगमा हेल्दी वाइट घरेलु सामानहरूको एक अग्रणी ब्रान्ड, स्काईवर्थले नेपालमा इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरको साथ आफ्नोे “सेभेन स्टार प्रो वाश टेक्नोलोजी” को लन्च गरेकोे छ ।
यसले एक प्रिमियम एस्थेटिक्स प्रदान गर्दछ र उत्कृष्ट वास पर्फमेन्स प्रदर्शन प्राप्त गर्नका लागिवास कार्यक्रम अनुसार ७ विभिन्न गतिहरू कार्यान्वयन गर्दछ । उच्च टिकाऊ र एड्भान्स्ड इनभर्टर डाइरेक्ट ड्राइभ मोटरसँग रहेको १० वर्षको वारेन्टीले यसको लामोे आयु अवधिलाई दर्साउँछ । स्मार्ट एप्लिकेशन नेशनल सेल्सका प्रमुख श्री भास्कर मुननकर्मीले भने, “यी सुसज्जित सुविधाहरूले हाम्रा बहुमूल्य ग्राहकहरूलाई १० वर्षका लागि पिस अफ माइन्ड प्रदान गर्दछन् ।”
“७ मोसन टेक्नोलोजीले अधिक सजिलैसँग कपडालाई स्वतन्त्र रूपमा ड्रम भित्र जानका लागि मद्दत गरी लुगा धुने कार्यलाई निकै सहज बनाउँदछ । यसले विभिन्न गति प्रयोग गर्दछ । गतिको प्रभाव कपडाको प्रत्येक कुनामा पुग्छ र यसले सबै फोहोर हटाउँन सहयोग पुर्याउँछ । यी ७ गतिहरूमा फल, स्क्रबिंग, थ्रीडी पर्सपेक्टिभ, लाइट स्विंग, स्क्रूइंग, लाइट निडिंग र फ्लफ सामेल छन् । ”
इन्भर्टर डायरेक्ट ड्राइभ मोटर सीधै ड्रममा जोडिएको हुन्छ जसले कम आवाज, राम्रो स्थिरता, उच्च स्थायित्व र ऊर्जा बचत प्रदान गराउँछ । पारम्परिक कन्भेक्शनल बेल्ट पुली प्रणालीले भने अधिक आवाज, अधिक भाइब्रेसन र उच्च उर्जा खपत गर्दथ्यो ।
स्काईवर्थ ७ मोशन डीडी वाशिङ मेशिनहरू अब तीन नयाँ मोडलहरु इप ८०१२ जीआरडी, यप ८०१४ जीआरडी, यफ ९०१४ जीआरडीे ८ केजी र ९ केजी क्षमतामा डार्क सिल्वर कलरमा उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
-
ट्रम्पसँग भेटवार्ता गर्न इजरायली प्रधानमन्त्री अमेरिका प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण