भारतीय दूतावासद्वारा नेपाली विद्यार्थीलाई छात्रवृत्ति आह्वान
नेपालका लागि भारतीय दूतावासले भारतका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई मेरिटका आधारमा दिइने पूर्ण छात्रवृत्तिका लागि आह्वान गरेको छ । सन् २००७ देखि भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र संस्थामा उच्च शिक्षाका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको वाइड रेन्ज कन्सल्टेन्सीले आज पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको छ ।
शैक्षिक सत्र सन् २०२१–२२ का लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा सो कन्सल्टेन्सीले कम्पेक्स स्कलरशिपका लागि अगस्त चार तारिखसम्म आवेदन दिन सकिने जनाएको छ । छात्रवृत्तिमा अन्डरग्याजुएट प्रोग्राम बिई इन्जिनियरिङ, फार्मेसी, कृषि, खाद्य प्रविधि, बिएस्सी नर्सिङका लागि आवेदन मागेको हो । कक्षा १२ मा ६० प्रतिशत नतिजासहित उत्तीर्ण र परीक्षा दिएका दुवै वर्गका विद्यार्थीले यो स्कलरशिपको जाँच दिन सक्नेछन् ।
कम्पलेक्स स्कलरशिप प्रदान गर्ने भारतको उडिसामा अवस्थित कालिङ्गा इस्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी, किट युनिभर्सिटीलाई वाइड रेन्ज कन्सल्टेन्सीले नेपालमा प्रवद्र्धन गर्दै आएको तथा महर्षि मारकन्डेश्वर युनिभर्सिटीको नेपालको अथोराइज एड्मिशन अफिस आफ्नो कन्सल्टेन्सी रहेको संस्थाका प्रबन्ध निर्देशक सुदीप नायकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण