उच्च अदालत सुर्खेत : ६४.८४ प्रतिशत मुद्दा फछ्र्योट
उच्च अदालत सुर्खेतमा दर्ता भएका मुद्दामध्ये अधिकांश मुद्दाहरु फछ्र्योट गरिएको अदालतले जनाएको छ।
कोरोना भाइरस (कोभिड–१९) को यो समयमा पनि गत आवका ६४.८४ प्रतिशत मुद्दाहरु फछ्र्योट भएको हो ।
गत आवमा र अघिल्ला दुई आर्थिक बर्षका फछ्र्योट हुन बाँकी ७३३ थान मुद्दामध्ये ४६८ अर्थात् ६३.८४ प्रतिशत मुद्दा फछ्र्योट भएका छन् भने २६५ थान मुद्दा बाँकी रहेका छन् ।
अदालतका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा २७२ थान मुद्दा फछ्र्योट हुन बाँकी थिए । ०७७/०७८ मा ३९१ थान मुद्दा जम्मा भएका थिए ।
उच्च अदालतका उप–रजिष्ट्रार सरोजनिधि वाग्लेका अनुसार आव ०७५/०७६ मा ५७७ थान मुद्दा दर्ता भएकामध्ये ४७९ थान फैसला भइसकेका थिए भने ९९ बाँकी रहेका थिए । ०७६/०७७ मा ६१४ वटा मुद्दा दर्ता भएका थिए ।
जसमध्ये ३२१ थान मुद्दा किनारा लगाइएको थियो भने २९३ थान बाँकी थिए । गत आवमा ७३३ मुद्दा दर्ता भएका थिए । त्यसमध्ये ४६८ को फैसला भईसकेको छ भने २६५ बाँकी रहेका छन् । प्रत्येक बर्ष अदालतमा मुद्दा दर्ता हुने संख्यामा वृद्धि भएको देखिन्छ ।
वाग्लेले गत आवमा फैसला भएका मुद्दामध्ये अघिल्लो आर्थिक वर्ष (०७६/७७) फैसला हुन बाँकी रहेका २४५ र गत आवमा दर्ता भएका २२३ थान मुद्दाको फैसला भएको बताए ।
अब अदालतमा बाँकी रहेका मध्ये ६ महिना भित्रको १४१, ६ देखि १२ महिना भित्रको ७६, १२ महिना देखि १८ महिना भित्रको ३५ र त्यो भन्दा माथि २ बर्ष भित्रको १३ थान मुद्दाहरु फैसला हुन सकिरहेका छैनन् । २ वर्षको अवधि नाघेका कुनै पनि मुद्दा बाँकी नरहेको वाग्ले बताउँछन् ।
जिल्ला अदालतका न्यायाधीश राजेन्द्र खरेलले विगतको भन्दा न्याय प्रणाली सरल, सहज र प्रभावकारी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
-
चीनको आर्थिक वृद्धि तीन वर्षयताकै न्यून
-
कुवेत र बहराइनकाे दाबी : इरानी हवाई आक्रमण विफल पार्याैँ
-
सुरक्षा र मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने चलचित्रलाई प्रदर्शन अनुमति नदिन सरकारको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण