नसीरुद्दीन शाहको यस्तो छ फिल्म र प्रेम
बलिउडका दिग्गज कलाकार नसीरुद्दीन शाह आज आफ्नो ७१ औँ जन्मदिन मनाउँदैछन् । २० जुलाई १९५० मा उत्तर प्रदेशको बारबन्कीमा जन्मिएका उनले हिन्दी फिल्मको लामो यात्रा तय गरेका छन् ।
हिन्दी फिल्मका उनी यस्ता कलाकार हुन् जसले बढ्दो उमेरका बाबजुत पनि हरेक किसिमको रोल निर्वाह गरेका छन् । शाहले आफ्नो फिल्मी करियरको सुरुवात १९७५ मा आएको फिल्म ‘निशान्त’बाट गरेका थिए । फिल्ममा उनको भूमिका छोटो रहेको थियो । यसै फिल्मबाट बलिउडमा उनी पाइला बढाउन सफल भए ।
गलफ्रेण्डसँग ब्रेक
फिल्ममा भित्रिनु पहिले शाहको एक गलफ्रेण्ड थिइन् । उनीले शाह हिरो जस्तो नदेखिएको भन्दै ब्रेकअप दिएकी थिइन् । हिरो जस्तो नदेखिएको कारण नै उनले फिल्म ‘निशान्त’मा काम पाएका थिए । उनले पर्दामा निर्वाह गरेजस्तो केही रोचक कहानी उनको असली जिन्दगीमा समेत रहेको छ ।
अध्ययनबाट बच्न फिल्म
नसीरुद्दीन फिल्म त रुचाउँथे, तर फिल्मका आउनुको खास कारण पढाइबाट टाढा रहनु थियो । एक अन्तवार्तामा उनले भनेका छन्, ‘म पढाइमा निकै कमजोर थिएँ । हरेक कुरामा शिक्षकबाट पिटाइ खान्थे । मेरो सोच फिल्ममा करियर बनाउने थियो । पढाइबाट टाढा रहने एकमात्र बाटो यो थियो ।’
११–१२ वर्षको हुँदा परिवारले उनलाई के गर्ने भनेर सोधेका थिए । सो समय अभिनयमा करियर बनाउने उनले बताएका थिए ।
फिल्ममा बोल्ड सिन
शाहले धेरै उमेर पुगेपछि फिल्ममा बोल्ड दृश्य दिएका छन् । ‘डर्टी पिक्चर’, ‘सात सुन माफ’, ‘बेगम जान’, ‘डेढ इश्किया’ लगायत फिल्मका उनको बोल्ड दृश्य दर्शकले सम्झिरहन्छन् । विभिन्न राष्ट्रिय पुरस्कार समेत विजेता शाहले काम छोडेर घरमा बस्ने समय फिल्ममा पहिले कहिल्यै नगरेको दृश्य आफूले गर्नु परेको केही अगाडि एक अन्तर्रवार्तामा बताएका थिए । शाहले पाकिस्तानी फिल्ममा पनि काम गरेका छन् । उनले पहिलो पाकिस्तानी फिल्ममा केमियो गरेका थिए ।
प्रेमका किस्सा
शाहको निजी जिन्दगीमा प्रेम कहानी पनि आकर्षक छ । उनले बलिउड अभिनेत्री रत्ना पाठकसँग विवाह गरेका थिए । उनी उमेरमा शाह भन्दा १३ वर्ष सानी रहेकी थिइन् । शाहसँग १९७५ मा रत्नाको भेट भएको थियो । दुबै पहिलो पटक एक प्लेका लागि भेटेका थिए । प्लेका नाम ‘सम्भोग से सन्यास तक’ रहेको थियो । जसको निर्देशक सत्यदेप दुबे थिए ।
शाह २० वर्षको रहँदा उनको विवाह १५ वर्ष जेठी मनारा सीकरीसँग भएको थियो । मनरालाई परवीन मुरादको नामले समेत चिन्ने गरिन्छ । परवीन चर्चित अभिनेत्री सुरेखा सीकरीको बहिनी थिइन् । उनले रत्नाका लागि मनरासँग डिभोर्स गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण