उपेन्द्र यादव र राजदूत केपलरबीच भेटघाट
बुधबार, ०६ साउन २०७८, १३ : ५६
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्वीटजरल्यान्डकी राजदूत एलिजाबेथ भेन केपलरबीच भेटघाट भएको छ । अध्यक्ष यादव र राजदूत केपलरबीच आज बालकुमारीस्थित पार्टी कार्यालयमा भेटघाट भएको हो ।
यादव र केपलरबीचको भेटमा देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको अध्यक्ष यादवका नीजि सचिवालयले जनाएको छ । अध्यक्ष यादवले राजदूतसँग शिष्टाचार भेटघाट भएको बताए । ‘भेटघाटमा एक अर्काको बारेमा समान्य भलाकुसारी हुन्छ,त्यही भएको हो, कुनै उद्देश्यले भेटघाट भएको हैन’ उनले भने । राजदूत केपलरले हिजो प्रधानमन्त्री देउवालाई पनि भेटेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण