१८ वर्ष माथिका समूहलाई पनि जोन्सन खोप लगाइने
काठमाडौंमा आजबाट १८ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिइने भएको छ । स्वास्थ्य सेवा विभागले त्यसका लागि काठमाडौं जिल्लालाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराइएको जानकारी दिएको छ ।
विभागका अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई १ लाख ४० हजार मात्रा खोप दिने लक्ष्य राखिएकोमा २ दिनमा ४० हजार मात्रा खोप लगाइएको छ । यहि बीचमा १८ वर्ष उमेर समूहलाई पनि खोप लगाउन लागिएको विभागले जानकारी दिएको छ ।
यद्यपि, सरकारले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क–ख) भएका नागरिक, शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई दिने निर्णय गरेको थियो । साउन ४ देखि ६ गतेसम्म काठमाडौँका ५५ वटा खोप केन्द्रबाट खोप लगाउने निर्णय भएको थियो । अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई जोन्सन एन्ड जोन्सनको खोप १५ लाख ३४ हजार ८५० डोज उपलब्ध गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण