सरकारका गलत कामको प्रतिवाद गर्न राष्ट्रियसभा सदस्यलाई ओलीको निर्देशन
बुधबार, ०६ साउन २०७८, १७ : ३०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने एमाले सांसदलाई सशक्त प्रतिपक्षको भूमिका खेल्न निर्देशन दिएका छन् । बुधबार बिहान राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने आफ्नो दलका सांसदहरुसँग बालकोटस्थित निजी निवासमा छलफल गर्दै ओलीले अब सांसदहरुको भूमिका फेरिएको बताउँदै सोहीअनुसार प्रस्तुत हुन निर्देशन दिए ।
छलफलमा ओलीले सरकारले गरेका गलत कामको प्रतिवाद गर्न र सशक्त प्रतिपक्षी दलको रुपमा रचनात्मक भूमिका खेल्न निर्देशन दिएको राष्ट्रियसभा सदस्य दिलकुमारी रावल पार्वतीले जानकारी दिइन् ।
ओली निकट राष्ट्रियसभा सदस्यहरु बुधबार बिहान उनलाई भेट्न बालकोट पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण