बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय हिन्दु धर्मगुरुलाई देउवाले गरे बालुवाटारमा स्वागत !

बुधबार, ०६ साउन २०७८, २२ : २५
बुधबार, ०६ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय हिन्दु धर्मगुरुले भेट गरेका छन् । तीन दिनअघि नेपालको धार्मिक भ्रमणमा आएका जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) ले भेट गरेका हुन् । 

बुधबार अपरान्ह हिन्दु धर्मगुरु बालुवाटारमा देउवा भेट्न पुग्दा देउवाले उनको स्वागत गर्दै आशीर्वाद ग्रहण गरेको बालुवाटार स्रोतले जनाएको छ ।  धार्मिक कार्यमा विश्वास राख्ने देउवाले सो क्रममा धर्मगुरुसँग केहीबेर भलाकुसारी गरेका थिए । सो क्रममा उनले देउवाको कार्यकाल सफल हुने योग देखिएको भन्दै दुई देशको सम्बन्ध पनि प्रगाढ बन्ने बताएका थिए । यस्तै देउवाको नक्षत्र राम्रो रहेकाले देशको प्रगति हुने पनि धर्मगुरुको भनाइ थियो । 
 
जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) भारतीय जनता पार्टीसँग निकट रहेको बताइएको छ । उनले आजै पशुपतिमा विशेष पूजाआजा गरेर देउवालाई भेटेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप