भारतीय हिन्दु धर्मगुरुलाई देउवाले गरे बालुवाटारमा स्वागत !
प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय हिन्दु धर्मगुरुले भेट गरेका छन् । तीन दिनअघि नेपालको धार्मिक भ्रमणमा आएका जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) ले भेट गरेका हुन् ।
बुधबार अपरान्ह हिन्दु धर्मगुरु बालुवाटारमा देउवा भेट्न पुग्दा देउवाले उनको स्वागत गर्दै आशीर्वाद ग्रहण गरेको बालुवाटार स्रोतले जनाएको छ । धार्मिक कार्यमा विश्वास राख्ने देउवाले सो क्रममा धर्मगुरुसँग केहीबेर भलाकुसारी गरेका थिए । सो क्रममा उनले देउवाको कार्यकाल सफल हुने योग देखिएको भन्दै दुई देशको सम्बन्ध पनि प्रगाढ बन्ने बताएका थिए । यस्तै देउवाको नक्षत्र राम्रो रहेकाले देशको प्रगति हुने पनि धर्मगुरुको भनाइ थियो ।
जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) भारतीय जनता पार्टीसँग निकट रहेको बताइएको छ । उनले आजै पशुपतिमा विशेष पूजाआजा गरेर देउवालाई भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण