कसैलाई पराजित गर्न होइन पार्टीलाई जिताउन उम्मेदवारी दिँदैछु : निधि
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफूले पार्टीलाई सुदृढ, एकताबद्ध र अनुशासित रुपमा अगाडि बढाउन चाहेको बताएका छन् । निधिले पार्टीलाई एकता र अनुशासित रुपमा अघि बढाउन पनि नेतृत्व आफ्नो हातमा लिन चाहेको बताए ।
बिहीबार महोत्तरीमा महेश्वरसिंह स्मृति भवनको उद्घाटन गर्दै उपसभापति निधिले भने– ‘म कसैलाई पराजित गर्न होइन, काँग्रेसलाई जिताउन सभापतिमा उम्मेदवारी दिँदैछु ।’ पार्टीमा थप उर्जा प्रदान गर्नका लागि आफुले उम्मेदवारी दिन लागेको बताउँदै उनले सम्पूर्ण नेता कार्यकर्तालाई साथ र सहयोग दिन अपिल गरे ।
काँग्रेस परिवर्तन, प्रणाली र संविधानको पक्षधर पार्टी भएको बताउँदै निधिले पार्टीको लाइनलाई थप मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । उनले काँग्रेसकै नेतृत्वमा संविधानको शतप्रतिशत कार्यान्वयन हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गरे ।
निधिले काँग्रेस नेतृत्वको सरकारले नै निर्वाचन गराउने दाबी गरे । अबको डेढ वर्षपछि काँग्रेसकै नेतृत्वमा निर्वाचन हुने बताउँदै उनले भने, ‘निर्वाचन गराउने जिम्मेवारी पनि काँग्रेसकै काँधमा आएको छ, यस अवधिमा जनता माझ अहोरात्र खट्न म नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्छु ।’ अबका दिनमा जनतासँग सक्रियतापूर्वक हातेमालो गर्न उनले स्थानीय नेता र कार्यकताहरुलाई निर्देशन समेत दिए ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले पनि सम्बोधन गरेका थिए । उद्घाटन कार्यक्रममा उपसभापति निधिलाई भव्य स्वागत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण