एमालेले ढाकछोप गर्न खोज्यो : प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा संविधानको मर्म र भावना अनुसार नै प्रधानमन्त्री बनेको कुरालाई ढाकछोप गर्ने प्रयास नगर्न प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनी दिएका छन् ।
नेकपा एमालेले अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री भएको दावी गरिरहेका बेला काँग्रेस नेता सिंहले संविधानको धारा ७६ (५) राख्ने अनि देउवालाई अदालतको परमादेशमा प्रधानमन्त्री भएको भन्न मिल्छ ? भनि प्रश्न गरे । उनले आफ्नै अकर्मण्यताका कारण निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारबाट हटन बाध्य भएको दावी समेत गरे । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवालाई बधाई दिँदै उनले भने, “संविधानको मर्म र भावनाअनुसार देउवा प्रधानमन्त्री बन्नुभएको हो । विद्धान भन्छ, आफूलाई कानुनविद् भन्छ, कानुनको विद्यार्थी भन्छ, संविधानमा धारा ७६ (५) राख्ने, अनि अहिले आएर चाहिं सोही धारा अनुसार देउवा प्रधानमन्त्री बन्दा विधि, संस्कार र मूल्य, मान्यताको कुरा गरेर हुन्छ ? आफूले कार्यपालिकाको नेतृत्व गर्दा विधि र नियम मिच्ने, अनि जबरजस्त विधि र प्रक्रिया नअपनाई निर्वाचनमा जान प्रयास गर्ने, त्यसपछि दलहरुले मिलेर कानुनी र राजनीतिक दुवै बाटोबाट लडाई लडी संविधानको रक्षा गर्दा विधिको कुरा गर्ने ?”
नेता सिंहले ओली नेतृत्वको सरकारले गैरजिम्मेवार काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवालाई त्यसबाट पाठ सिकेर अघि बढन पनि आग्रह गरे । उनले कोरोना खोपको आवश्यक व्यवस्थापन गर्न, मुलुकमा भाइरसकै रुपमा रहेको भ्रष्टचारको अन्त्य गरी मुलुकको संकट समाधान गर्न प्रधानमन्त्री देउवालाई सफलता मिल्ने विश्वास समेत व्यक्त गरे । नेता सिंहले जनतालाई राहत दिने तथा संघीयतालाई संस्थागत गराउने गरी ल्याइएका विधेयकहरुहलाई संसदबाट छिटो पारित गराउन पनि सरकारको ध्यानाकर्षण गराए । नेता सिंहले नेपालको परराष्ट्र सम्बन्ध सुधार्न पनि प्रधानमन्त्री देउवालाई सल्लाह दिए । दुई छिमेकीसँगको सम्बन्ध समेत कमजोर भएकोले समान ब्यबहार र सन्तुलित सम्बन्ध राख्न प्रधानमन्त्री देउवालाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण