शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा अपराधको सङ्ख्या २.४८ प्रतिशतले वृद्धि

अधिकांशमा सफलता पाएको प्रहरीको दाबी
शनिबार, ०९ साउन २०७८, ११ : १२
शनिबार, ०९ साउन २०७८


 आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला प्रहरी कार्यालय रौतहटमा दर्ता भएको ७०१ मुद्दा मध्ये अधिकांश मा सफलता पाएको एसपी सिद्धी विक्रम शाहले दाबी गरेका छन् । शुक्रबार जिल्ला समन्वय समितिको सभाकक्ष गौरमा आयोजित पत्रकार सम्मेलनमा एसपी शाहले उक्त दाबी गरेका हुन् ।

विगतको तुलनामा  जिल्लामा विभिन्न प्रकृतिको अपराधको सङ्ख्या विगत वर्षको तुलनामा २.४८ प्रतिशतले वृद्धि भएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, ज्यान सम्बन्धी कसुर, भवितव्य ज्यान, फुटकर ज्यान, विष सेवन गरी आत्महत्या, झुन्डिएर आत्महत्या, चोरी, लागु औषध, हातहतियार खर खजाना, जुवा, ठगी, अभद्र व्यवहार, बहु विवाह, बाल विवाह, जबरजस्ती करणी, जबरजस्ती करण उद्योग, बाल यौन दुर्व्यवहार, जबरजस्ती करणी सम्बन्धी आपराधिक षड्यन्त्र र आपराधिक लाभ, मानव बेचबिखन ओसार पसार, सवारी ज्यान तथा नागरिकता लगायत ७०१ वटा मुद्दा दर्ता भएको एसपी शाहले बताए ।

सो मध्ये ४२४ मुद्दालाई फर्छ्यौट गरी कानुनी कारबाही गरिँदै २७७ वटा मुद्दा फर्छ्यौट नभई चालु आर्थिक वर्षमा सारिएको छ । कोभिडको कारण बेरोजगार भई मानसिक तनाव खेपेकाहरू विष सेवन गरेर ३० र झुन्डिएर ९४ गरी १२४ जनाले आत्महत्या गरेको उनले बताए  । निरञ्जन राम हत्याकाण्ड, हनुमान मन्दिरको पुजारी श्रीराम साह हत्याकाण्ड, मिन्त्रा देवी हत्याकाण्ड, महेश तिवारी र जगरनिया देवी तिवारी काण्ड, सन्झा कुमारी र अमृताकुमारी साह हत्याकाण्डको गुत्थी सुल्झाएर उक्त घटनाहरूमा संलग्न व्यक्तिहरूलाई पोलिग्राफ लगायतको विभिन्न विधिद्वारा सफल अनुसन्धान पश्चात् सबैको सहयोगमा  आरोपीहरुलाई पुर्पक्षका लागि कारागार चलान गराउन सफल भएको उनको भनाइ छ ।

लकडाउनको समय भारतबाट चोरी तस्करी गर्नेहरू माथि सूक्ष्म निगरानी राख्दै वर्षभरिमा ४ करोड ३ लाख ८८ हजार ७५० रुपैयाँ मूल्य बराबरको मालसामान बरामद, हुन्डी कारोबारमा संलग्न रहेका तथा  श्रोत नखुलेको १ करोड १७ लाख ८६ हजार २० रुपैयाँ बरामद गरिएको एसपी साहले सार्वजनिक गरेका छन् । सोही अवधिमा ४ वटा अवैध हतियार सहित ३ जना मानिसलाई पक्राउ गरी कानुनी कारबाहीमा ल्याएको । विभिन्न स्थानहरूमा झैँ झगडा एवं भिड नियन्त्रण गर्न प्रहरीले टियर ग्यास र रबर गोली गरी १४१ थान प्रहर र प्रहरी तर्फ २४ र सर्वसाधारण तर्फ ५ जना घाइते भई अवस्थालाई नियन्त्रणमा लिइएको उनले स्पष्ट पारेका थिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप