युरोपमा १२–१७ वर्ष उमेर समूहलाई मोडर्नाको खोप लगाउन अनुमति
विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्यामा पुनः वृद्धि देखिएको छ । यस्तोमा विश्वभरका राष्ट्रहरूले कोरोनाविरुद्धको खोप अभियानलाई युद्धस्तरमा अघि बढाइरहेका छन् । हाल १८ वर्षभन्दा माथिकालाई खोप दिइरहिएको छ । त्यही भएर अब बालबालिका भाइरसको जोखिममा रहेको बताइरहेको छ ।
युरोपियन युनियनको शीर्ष मेडिकल अङ्गले १२ देखि १७ वर्षका बालबालिकाहरूलाई मोडर्नाको खोपलाई लगाउन अनुमति प्रदान गरेको छ । यसअघि युरोपियन मेडिकल एजेन्सी (ईएमए) ले मेमा फाइजरको खोपलाई यस उमेर समूहका लागि अनुमति प्रदान गरेको थियो ।
ईएमएले स्पाइकभ्याक्स खोपलाई १८ वर्ष उमेरभन्दा माथिका लागि जस्तै १२ देखि १७ वर्ष उमेर समूहमा प्रयोग गर्न सकिने बताएको छ । उनीहरूलाई पनि ४ हप्ताको अन्तरमा खोपको दुई डोज दिइनेछ ।
ईएमएका अनुसार खोपलाई अनुमति दिन अघि १२ देखि १७ वर्ष उमेरका ३ हजार ७३२ जनामा यसको प्रयोग गरिएको थियो । यसमा सकारात्मक परिणाम प्राप्त भएको उनीहरूको भनाइ छ । सबैको शरीरमा उल्लेख्य मात्रामा एन्टीबडी निर्माण भएको पाइएको ईएमएको भनाइ छ ।
उता, फाइजरले १२ वर्षभन्दा कम उमेरकामा पनि खोपको परीक्षण सुरु गरिएको छ । विश्वका चार देशका ४५ सयभन्दा बढीमा यसको प्रयोग गरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण