राष्ट्रप्रमुख बनेयता पहिलोपटक तिब्बत पुगे सी जिनपिङ
चीनका राष्ट्रपति सी जिनपिङले राष्ट्रप्रमुखको हैसियतमा पहिलोपटक तिब्बत स्वायत्त क्षेत्रको भ्रमण गरेका छन् । तीन दशकयता, चीनका शीर्ष नेताले तिब्बतको भ्रमण गरेको यो पहिलोपटक हो । यसअघि सन् २०११ मा तिब्बत भ्रमणमा जाँदा सी कम्युनिष्ट पार्टीको उपाध्यक्ष थिए ।
भारतसँग विवाद बढिरहेको र अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फर्किएको अवस्थामा उनले रणनीतिक रुपमा महत्वपूर्ण मानिने तिब्बतको भ्रमण गरेका हुन् । तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको नियमले जनसमर्थन पाएको सन्देश र आत्मविश्वास पनि सीको भ्रमणले दिएको विश्लेषकहरुले बताएका छन् ।
बुधबार विमानमार्फत नाईङची शहर पुगेका सी, त्यसपछि रेलमार्फत शुक्रबार तिब्बतको राजधानी ल्हासा पुगेका हुन् । ल्हासामा सीले गुम्बाहरू तथा पोताला दरबारको भ्रमण गरेका छन् । उनले तिब्बतको धार्मिक अवस्था नियाल्दै तिब्बती संस्कृतिको जर्गेना गर्ने विषयमा जोड दिएको सिन्हाको समाचारमा जनाइएको छ । ‘जबसम्म हामीले कम्युनिष्ट पार्टीलाई अनुशरण गर्नेछौं र समाजवादको बाटोमा हिंड्नेछौं । हाम्रा लागि आफ्नो देशलाई रुपान्तरण गर्न सहज हुनेछ’ पोताला दरबार बाहिर आयोजित जनसभालाई सम्बोधन गर्दै सीले भने ।
परम्परागत पोसाकमा रहेका तिब्बतीहरुले ल्हासामा सीलाई भव्य स्वागत गरेका थिए । ल्हासामा सीले सांस्कृतिक कार्यक्रमहरु पनि अवलोकन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण