एनआरएनए अष्ट्रेलियाको निर्वाचन नजिकिँदै, प्रचार प्रसारमा जुटे समूह
एनआरएनए अस्ट्रेलियाको निर्वाचन ३१ जुलाईमा सम्पन्न हुँदैछ । निर्वाचनका लागि केही समूह आफ्नो आफ्नो टिम सहित प्रतिष्पर्धा गर्दैछन् । जसमा तास्मानिया राज्यमा सन्देश परियारको समूहले पनि उम्मेदवारी दर्ता गर्दै प्रचार प्रसारमा समेत जुटेको छ ।
यो समूहबाट संयोजकमा सन्देश आफैं रहेका छन् भने एनआरएनए एनसीसी सदस्यमा प्रेमप्रसाद धामी (प्रमेज) र कविन कर्माचार्य छन् । त्यस्तै उपसंयोजक राज्य टेकनाथ सापकोटा, सचिव प्रदीप पोखरेल, संयुक्त सचिव मृगेन्द्र गौतम, कोषाध्यक्ष उमेश सेन्चुरी, युवा संयोजक रिवाज राउत क्षेत्री, सदस्य सहारा पोखरेल, अर्जुन श्रेष्ठ, प्रमोद भण्डारी, सुमन पराजुली, महेश्वरी नेपाल र सदस्य सुभाष खतिवडा लगायत रहेका छन् ।
अष्ट्रेलियामा रहने सबै नेपालीलाई अपनत्वको भावनामा एक गराउने र एनआरएनए सबैको साझा संस्थाका रुपमा राम्रो बनाउने उदेश्यले आफुले उम्मेदवारी दिएको सन्देश परियारले बताए । उनले भने, ‘नेपाली समुदायलाई अझ सक्षम र सबल बनाउन सबैको एकता र सक्रियताको खाँचो रहेको छ ।’
‘‘हाम्रो एनआरएनए, राम्रो एनआरएनए’ समूहमा रहेर हामी सबैले सम्पूर्ण अष्ट्रेलियन नेपाली समुदायलाई एक बलियो मालामा जोड्ने सङ्कल्प आफ्नो समूहको रहेको छ’ एनसीसी सदस्यका उमेदवार प्रेमप्रसाद धामीले भने । संयोजक सन्देश समूहले ६ बुँदे कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
जसमा एनआएनए समूहलाई ताम्सानियमा दर्ता गर्ने, स्थानीय लाइब्रेरीमा नेपाली पुस्तक राख्ने र स्थानीय स्कुलमा नेपाली पठनपाठनको ब्यवस्था गर्ने, सामुदायिक भवन तथा नेपाली डिजाइन अनुसारको मन्दिर निर्माण गर्ने, युवा वर्गका लागि स्वास्थ्य तथा खेलकुदका कार्यक्रम, नेपाली कलासंस्कृति प्रबद्र्धन तथा सम्वर्द्धनका लागि फेष्टिभल आयोजना गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण