राज कुन्द्राको अफिसमा भेटियो लुकाएर राखिएको लकर, यस्ता कागजात भए बरामद
‘अश्लिल फिल्म’ निर्माण तथा प्रशारण गरेको अभियोगमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्राको बारेमा प्रहरीले गरेको अनुसन्धानमा विभिन्न तथ्यहरु सार्वजनिक भएको छ ।
प्रहरीले राज कुन्द्राको अफिसमा छापा मारेर प्रमाणहरु जम्मा गर्ने प्रयास जारी राखेको छ । यसैक्रममा प्रहरीले शनिबार लुकाएर राखिएको लकर फेला पारेको छ । उक्त लकरबाट प्रहरीले विभिन्न कागजात बरामद गरी अनुसन्धान गरिरहेको छ ।
शुक्रबार मजिस्ट्रेट कोर्टले राज कुन्द्रालाई जुलाई २७ सम्म हिरासतमा राख्न आदेश दिएको छ ।
मुम्बई प्रहरीको क्राइम ब्रान्चले शनिबार फेरि कुन्द्राको अन्धेरी वेस्टस्थित भियान कम्पनीको अफिसमा छापा मारेको थियो । यसैक्रममा प्रहरीले लुकाएर राखेको लकर फेला पारेको हो । लकरमा व्यवसाय, क्रिप्टोकरेन्सीका विभिन्न कागजात फेला परेका छन् । प्रहरीले उक्त कागजातहरुको अनुसन्धान गरिरहेको छ ।
राज कुन्द्राकी श्रीमती अर्थात बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग सोधपुछ गरेर क्राइम ब्रान्चले आर्थिक हिनामिनाको पक्षलाई पनि अनुसन्धान गरिरहेको छ । प्रहरीले कुन्द्राले पोर्न फिल्ममार्फत अकुत सम्पत्ति आर्जन गरेका हो वा होइनन् भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।
गत जुलाई १९ मा राज कुन्द्रा पक्राउ परेका थिए । यसअघि पनि उनको विरुद्ध भारतीय दण्ड संहिताका सम्बन्धी धाराहरु र सूचना प्रौधोगिकी अधिनियमको मामिलामा उजूरीदर्ता भएको थियो ।
प्रहरीले उनको साथबाट मोबाइल फोन बरामद गरेको थियो भने उनीसँग जोडिएका गतिविधि तथा सामाग्रीहरुको अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण