माधव नेपाललाई ओलीसँगको बराबरी हैसियत दिइँदैनः महासेठ
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन् ।
उनले भने, ‘कुनैपनि हालतमा माधव कमरेडलाई बराबरी हैसियतको अध्यक्ष दिइँदैन । यो सम्भावना शून्य छ । बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैन । हाम्रो पार्टीको विधानले पनि त्यो मिल्दैन ।’
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महासेठले यस्तो बताएका हुन् । उनले अहिले माधव नेपाललाई अध्यक्ष दिनेगरि पावर सेयरिङमा छलफल भैरहेको भनेर बाहिर चर्चा भएपनि त्यस्तो कुनै सम्भावना नभएको जिकिर गरेका छन् । उनले भने,‘बाहिर चर्चा भएजस्तो अहिले एमालेमा पावर सेयरिङबारे पनि कुनै छलफल भएको छैन् । अर्को अध्यक्ष वा सह–अध्यक्ष दिनको लागि पनि हाम्रो पार्टीको विधान अधिवेशन हुनुपर्छ । माधव नेपाललाई केपी ओलीसरहको अध्यक्ष दिन सकिँदैन् । यो असम्भव कुरा हो ।’
उनले माधव नेपाललाई आम कार्यकर्तालेजस्तो मिडिया फेश गर्नुभन्दापनि लो–प्रोफाईलमा बस्न सुझाव दिए । उनले भने,‘एमालेमा मैले सबैभन्दा बढि सम्मान र माया गर्नै नेतामा माधव कमरेड नै हो । अहिलेपनि गर्छु । एकताको लागि गम्भीर बन्नुहोस् । एकताको विकल्प छैन् ।’
नेता महासेठले एमालेको एकताको विकल्प नभएको भन्दै ढिलो÷चाँडो एकता भइछाड्ने पनि दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हेटौँडा-कुलेखानी-फाखेल सडक असार २५ गतेसम्म नखुल्ने
-
नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री
-
ब्राजिलविरुद्ध जापान : गुरुविरुद्ध चेलाको भिडन्त
-
वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छ : सभापति खड्का
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ
-
मन्दिर निर्माणमा भ्रष्टाचार : ९ जनाविरूद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण