ठकुरी युवती राजीखुसीमै दलितसँग विवाह गर्दा शिक्षक दम्पत्तीको उठिबास
बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् । करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत र राजु कृष्ण निमाविमा बालविकास कोटामा कार्यरत थिए । दुवै जना शिक्षण पेसामा कार्यरत रहेकाले पनि उनीहरूको आर्थिक अवस्था राम्रै थियो । राम्रैसँग जीविकोपार्जन गर्दै आएका थिए ।
तर, उनीहरूको जीवनमा ६ वर्षअघि एउटा यस्तो घटना भयो कि जुन घटनाका कारण उनीहरू गाउँ र समाजबाटै विस्थापित बन्न पुगे । समाजले उनीहरूमाथि जुन आरोप लगाएको थियो । त्यसमा कुनै पनि सत्यता नभएको उनीहरूको दाबी छ । तर, समाजले उनीहरूको प्रस्टीकरण सुन्न चाहेन । फलतः निर्दोष भएको प्रमाण पेस गरिरहँदा पनि समाजले उनीहरूको कुरा सुन्न चाहेन । त्यसपछि राना दम्पत्तीलाई झुटा मुद्दा लगाइयो, जागिरबाट निकालियो । त्यतिले मात्रै नभएर गाउँबाटै निकाला गरियो र अन्तमा घरसमेत जलाइयो ।
सोच्दै नसोचेको आपत्ति आइलागेपछि एउटा लयमा चलिरहेको उनीहरूको जीवन नै बिथोलियो । २०७२ सालको चैत महिना । यही साल र महिनादेखि उनीहरूको जीवनको लय बिग्रिएको हो । स्थानीय गोकर्ण चन्दकी छोरी पूजा र एक जना दलित युवकले २०७२ माघमा प्रेम विवाह गरेका थिए । प्रेम विवाहपछि उनीहरू चार महिनासँगै पनि बसे । तर, पूजाको दलित युवकसँग विवाह हुनुमा करणकी श्रीमती राजुलाई दोष लगाइयो ।
स्थानीयको यो दोष उनीहरूले स्वीकार गरेनन् । विवाद बढ्दै गयो । त्यसपछि चैतमा पूजाका बाबुसहित गएर पूजालाई फिर्ता ल्याए । केटाकेटी दुवैलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा उपस्थित गराइयो । प्रहरी कार्यालयमै केटीका बाबु, स्थानीयवासी र करन रानाकै अगाडि उनीहरूले आफूले स्वेच्छाले प्रेम विवाह गरेको बताए । एकअर्काबिना बाँच्नै नसक्नेसम्मको कुरा सुनाए । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण