गण्डकीमा ६२५ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ६२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३०७ जनाको नमुना परीक्षण गरिएकामा ६२५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २९० महिला र ३३५ जना पुरुष रहेका छन् ।
प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनकाअनुसार कास्की २५५, बागलुङ ६३, स्याङ्जा ५०, म्यादी ३२, पर्वत २१, गोरखा ४७, लमजुङ २०, तनहुँमा ६० र नवलपुरमा ७७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६६ हजार २८९ पुगेको छ ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१७ का ७९ वर्षीय पुरुष, पोखरा–८ का ७० वर्षीय पुरुष, पोखरा–३३ की ८६ वर्षीय महिला र कास्कीको रुपा गाउँपालिका –४ की ५४ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा पोखराका विभिन्न अस्पतालमा मृत्यु भएको छ ।
त्यसैगरी बागलुङ नगरपालिका –१ का ८६ वर्षीय पुरुष, स्याङजा फेदीखोला–१ का ३६ बर्षीय पुरुष, विरुवा –२ की ६० बर्षीय महिला र नवलपरासी पूर्व कावासोती–८ की ७० बर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४ जना पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ३७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३७० पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ३ हजार ८४५ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण