सुटुक्क दिल्ली पुगे विमलेन्द्र निधि
नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्चा चलिरहेकै बेला सत्तारुढ दल नेपाल काँग्रेसका उपसभापति विमलेन्द्र निधि भारत पुगेका छन् । निधिको निजी सचिवालयले उनी भारतको गएको पुष्टि गरेको छ ।
‘उहाँ पारिवारिक कामले भारत जानुभएको हो । आज बिहान काठमाडौँबाट नयाँ दिल्ली जाने कार्यक्रम तय थियो । तर, विमानमा सिट नपाएका कारण उहाँ काठमाडौँबाट बिराटनगर अनि त्यहाँबाट सिलिगुडी हुँदै कलकता जानुभएको हो । उहाँको ससुराली त्यहीँ हो । उहाँको जेठानले बोलाउनुभएकोले जानुभएको हो । उहाँ भोलिसम्म बसेर पर्सी फर्किने कार्यक्रम रहेको छ’ निधिका स्वकीय सचिव विश्वास बिक्रमले रातोपाटीलाई भने ।
सुरक्षा स्रोतले भने निधि भारतको राजधानी नयाँ दिल्ली गएको जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी बिंल्केन भारत आएको मौकामा निधि दिल्ली पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अमेरिकी विदेशमन्त्री र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलबार बेलुकी टेलिफोन वार्ता भएको थियो । दुई नेताबीच एमसीसीबारे चर्चा भएको बताइएको छ । नेपाली काँग्रेसकै पालामा एमसीसी परियोजनामा सम्झौता भएको थियो । सो सम्झौता पारित हुनुपर्नेमा देउवाले जोड दिँदै आएका छन् ।
यद्यपि, सत्तारुढ गठबन्धनमा यो विषयमा मतभेद रहँदै आएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी अघि बढाए गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

