खोप कार्यक्रममा ठेलमठेल : कोरोना टार्ने कि सार्ने ?
सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना फैलिएको भन्दै मंगलबारदेखि नगरपालिका र वडा कार्यालयका अत्यावश्यकबाहेक काम बन्द गर्यो। सात दिनका लागि कार्यालय बन्द गरिए पनि कोरोनाविरुद्ध खोप लगाउन भने नगरवासीको भीड लाग्यो। सोमबार सुरु खोप कार्यक्रममा स्थानीयवासी ठेलमठेल गरी सहभागी भएका थिए।
दूरी पालना गर्न आह्वान गर्ने उपमहानगरपालिका र त्यसको पालना गर्नुपर्ने नगरवासी दुवैको हेलचेक्र्याइँको उदाहरण खोप केन्द्रमा देखियो। ‘नगरपालिका एकातिर सामाजिक दूरी कायम गर्नु भन्दै माइकिङ गर्छ, अर्कोतिर यसरी मान्छे भेला पारेर खोप लगाउँछ’, इटहरीको कस्तुरी स्कुलमा शिक्षण गर्दै आएकी गीता सुवेदीले भनिन्, ‘कोरोना भाग्ने त हो कि होइन, उल्टो सर्यो कि भन्ने चिन्ता भयो।’
पेलेरै अघि जान सक्नेहरू भित्रभित्रै छिरेर चाँडै खोप लगाएर फर्किएको उनले सुनाइन्। ‘मभन्दा पछि हुनेहरूको पालो आएपछि मैले पनि बल गरेरै अघि बढेर लगाएँ। नत्र त अझै पालो आउँदैनथ्यो’, उनले भनिन्।
इटहरी–८ की ५५ वर्षीय चम्पादेवी खड्कालाई पनि खोप लगाउने व्यवस्थापन चित्त बुझेन। इटहरी चोक बोलाएर उपमहानगरपालिकाले नगरवासीलाई भीडमा हुलेको आरोप लगाइन्। भनिन्, ‘खोपले कोरोना रोक्छ कि रोक्दैन थाहा छैन। तर, यस्तो भीडमा त उल्टै कोरोना बोकेर गइन्छ जस्तो छ।’
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण