कोरोनाको तेस्रो लहरको जोखिम उच्च : कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोप दिलाउन सुझाव
संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षामा सहभागी सबै विद्यार्थीलाई परीक्षा अगावै कोभिड–१९ को खोप दिलाउन सरकारलाई सुझाव दिएको छ । कोरोना संक्रमण तेस्रो लहर आउन सक्ने आशंकासँगै कक्षा १२ को परीक्षा हुनै लाग्दा परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन समितिले सरकारलाई सुझाव दिएको हो ।
समितिले बुधबार आयोजना गरेको बैठकको निर्णय सुनाउँदै सभापति ओनसरी घर्तीले स्वास्थ्य मापदण्ड पालना गरी परीक्षामा सहभागी सबै विद्यार्थीलाई खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको हो । समितिले सबै परीक्षार्थीलाई पीसीआर टेस्ट गर्न समेत आग्रह गरेको छ ।
परीक्षा यही साउन ३१ देखि भदौ ९ सम्म हुँदै छ, जसमा ३ लाख ७४ हजार विद्यार्थीले परीक्षा दिँदै छन् ।
बैठकमा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षक र विद्यार्थीलाई कोरोना खोप नदिएसम्म भौतिक उपस्थित सुरक्षित हुन नसक्ने बताउँदै तत्काल खोपको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे । उनले परीक्षामा स्थानीय तहलाई जिम्मेवार बन्न आग्रह गर्दै स्थानीय निकायकै संयोजनमा परीक्षा गर्नुपर्ने धारणा अघि सारे ।
यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण