पत्रपत्रिका
गायक हिमाल सागरको ‘तिमी छौ र'मा नन्दिता र पूर्ण लम्सालको रोमान्स
बिहीबार, १४ साउन २०७८, ०७ : २८
लन्डन । गायक हिमाल सागरले अमेरिका पुगेर आफ्नै स्वर, शब्द र संगीत रहेको ‘तिमी छौ र’ बोल रहेको एउटा रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । यस गीतमा संगीत संयोजन बाबु प्रधानको रहेको छ । म्यूजिक भिडियोमा नायिका नन्दिता केसी र पूर्ण लम्सालको अभिनय रहेको छ । मायालु जोडीबीचको प्रेमिल दृश्यलाई अमेरिकाको विभिन्न भागमा छायांकन गरिएको छ ।
भिडियोमा गायक हिमाल सागरलाई पनि देख्न सकिनेछ । बिक्की पुलामीको निर्देशनमा तयार गरिएको भिडियोको छायांकन शैलेश घलेले गरेका हुन् भने भारत रेग्मीको सम्पादन रहेको छ । ‘पी एण्ड एच’ प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको सकारात्मक प्रतिक्रिया आएको गायक हिमाल सागरले बताए ।
भिडियो हेर्नुहोस :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण