जित्लान् त भरतमणिले कमेडी च्याम्पियन-२ ?
‘कमेडी च्याम्पियन २’ का प्रतिस्पर्धी हुन् भरतमणि पौडेल । ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी भएका पौडेल बिभिन्न चरण हुँदै उत्कृष्ट ६ मा पुग्न सफल भएका छन् । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति राख्दै दर्शक तथा निर्णायकका प्रिय बन्न सफल उनी उपाधिका दावेदार मध्येका पनि मानिएका छन् ।
प्रतियोगितामा अहिले भोटिङ राउन्ड समेत सुरु भएको छ । त्यसैले पनि नेकपा एमालेका युवा नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले समेत उनलाई भोटका सर्वसाधारणसँग अपिल गरेका छन् । भरतमणिलाई च्याम्पियन बनाउन योगेशले सम्पूर्ण नेपालीसँग सामाजिक सञ्जालमार्फत भोटको अपिल गरेका हुन् ।
योगेशले सामाजिक सञ्जालमा भोटको अपिल गर्दै लखटेको थिए ‘अहिले चर्चामा रहेको कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ का प्रतिस्पर्धीहरु सबै अब्बल छन् । त्यसमध्ये पनि भरतमणि पौडेल मलाई हास्यव्यङ्ग्य क्षेत्रको उदाउँदो मणि जस्तो लाग्छ । कञ्चनजङ्घाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभरा माताको छत्र छायाँमा हाम्रै गाउँ घरमा हुर्केका यी ताप्लेजुङे ठिटो हाम्रो त प्रिय छँदैछन्, त्योभन्दा पनि बढी प्रतिभाशाली छन् । कमेडी च्याम्पियनको ताज प्राप्त गर्ने यिनको दौडमा भोटमार्फत होस्टेमा हैंसे गर्दा सबै नेपालीले पनि आनन्दको अनुभूति गर्नुहुनेछ ।’
केही अगाडि पनि योगेशको पहलमा भरतमणिका लागि ६ लाख पुरस्कार समेत घोषणा गरिएको थियो । जसमा १ लाख रुपैयाँ योगेश आफैंले पनि दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण