न्यायाधीशको नियुक्तिदेखि अदालतको आन्तरिक व्यवस्थापनमा बिचौलियाको चलखेल : अध्ययन समिति
न्यायपालिकाको विकृतिबारे अध्ययन गर्न गठित समितिले बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रतिवेदन बुझाएको छ । समितिले न्यायाधीश नियुक्तिदेखि अदालतको अन्तरिक व्यवस्थापनमा समेत विचौलियाको बिगबिगी रहेको निष्कर्ष निकालेको छ । ‘आज सम्माननीय प्रधान न्यायाधीशज्यूलाई प्रतिवेदन बुझाएका छौं’ अध्ययन समितिका सदस्य तथा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले रातोपाटीसँग भने– ‘न्यायाधीश नियुक्तिदेखि अदालतको आन्तरिक व्यवस्थापनमा विचौलियाको विसंगति देखियो ।’
समितिले विचौलियाको बिगबिगी रोक्न सुझाव दिएको छ । प्रतिवेदन कार्यान्वयनको लागी कार्ययोजना समेत लिखित रुपमा बुझाइएको श्रेष्ठले बताए । प्रधानन्यायाधीश जबराले सो प्रतिवेदन कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन् ।
प्रधानन्यायाधीश जबराले २०७७ साउन २९ मा समिति गठन गरेका थिए । समितिले अदालतको पेशी ब्यवस्थापन र न्यायाधीश नियुक्तिमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बिचौलिया नियन्त्रण गर्नुपर्ने सुझाव दिँदै संविधान र कानुनमा समेत सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण