ठमेलमा चिनियाँको मदिरा कारखाना, प्रहरीको छापा (तस्बिरमा हेर्नुहाेस्)
ठमेलको ज्याठामा चिनियाँ नागरिकले सञ्चालन गरेको लोकल मदिरा उत्पादन गर्ने कारखानामा महानगरीय अपराध महाशाखाले छापा मारेको छ ।
घर भाडामा लिएर सञ्चालन गरिएको मदिरा कारखानामा छापा मारेर करिब १० हजार लिटर मदिरा बरामद गरिएको महाशाखाका प्रमुख (एसएसपी) चन्द्र कुवेर खापुङ्गले रातोपाटीलाई बताए । चीनको जियाङ्गसु प्रान्त घर भएका सिजि उईले ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नामक मदिरा उत्पादन गर्ने गरेका थिए । सरकारी अनुमति बिना लोकल मदिरा उत्पादन गर्ने सिजि उईलाई महाशाखाले नियन्त्रणमा लिएको छ ।

लोकल रक्सी उत्पादन गर्ने मेशिन पनि प्रहरीले बरामद गरेको छ । रक्सी उत्पादन गर्ने चिनियाँले ५ तले घर भाडामा लिए त्यहाँ होटल पनि सञ्चालन गरेका थिए । ‘होटल स्वीट ठमेल होटल एण्ड रेष्टुरेन्ट’ काठमाडौं महानगरपालिका वडा नम्बर–२६ मा दर्ता गरेको पाइएको छ । महाशाखाले सो घर सिल गरेको छ । बरामद मदिरा आन्तरिक राजस्व कार्यालयलाई थप अनुसन्धान र कारवाहीका लागी बुझाइने एसएसपी खापुङ्गले बताए ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
