बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दार्चुला घटनाको छानबिन गर्न मोर्चाको माग

शनिबार, १६ साउन २०७८, १२ : ४६
शनिबार, १६ साउन २०७८

देशभक्त जनगणतान्त्रिक मोर्चाले दार्चुला घटनाको छानबिन गर्न माग गरेको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले शनिबार जारी विज्ञप्ति जारी गरी घटनाको अविलम्ब छानविन गरी अपराधीलाई कडाभन्दा कडा कारवाही गर्न÷गराउन सरकारसँग जोडदार माग गरेका हुन् । 

यही साउन १५ गते बिहान साढे ८ बजे दार्चुलाको व्यास गाउँपालिका, वडा नं. २ स्थित मालघाटबाट सोही स्थान निवासी ३० वर्षीय जयसिंह धामी भारतको पिथौरागढस्थित पांगल जाने सिलसिलामा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलले तुइनको डोरी झिकिदिएको बताइएको छ ।  त्यसपछि उनी महाकाली नदीमा डुबेर बेपत्ता भएको समाचार आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप