लुम्बिनी प्रदेशका दुई सांसदको मुद्दा : विपक्षीलाई जवाफ पेस गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका दुई सांसद हटाएको बिषयमा विपक्षीसँग लिखित जवाफ पेस गर्न आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले माओवादी सांसदहरु दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाएको विषयमा विपक्षीसँग लिखित जवाफ माग गरेको हो । इजलासमा पक्ष र विपक्षी वकिलहरूको कुरा सुनेपछि लिखित जवाफ माग गरिएको जनाइएको छ ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद न्यौपाने र पन्थीलाई पार्टीले कारवाही गरेको पत्र पठाएपछि लुम्बिनी प्रदेशसभाले हटाएको थियो । उनीहरुले दल परिवर्तन नगरेको जिकिर गर्दै माओवादी पार्टी र प्रदेश सभाका सभामुख विरुद्ध अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले अन्तरिम आदेशका लागि भदौ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
न्यौपाने रुपन्देही क्षेत्र नम्बर २ को ‘ख’ बाट र पन्थी गुल्मी क्षेत्र नम्बर २ को ‘ख’ बाट माओवादीका तर्फबाट निर्वाचित सांसद हुन् । पछि उनीहरु एमाले प्रवेश गरेको भन्दै पार्टीका विभिन्न कार्यक्रमहरुमा पुगेका थिए । तर अहिले माओवादीमा नै रहेको भन्दै उनीहरुले अदालतमा रिट दायर गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण