जापानको अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा
ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ । यसअघि टोकियो र ओकिनावामा सङ्कटकाल लागू हुँदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा पनि सङ्कटकाल लगाइएको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले महामारी न्यूनीकरणका लागि सङ्कटकाल लगाउनुपरेको अधिकारीहरुले जनाएका छन् ।
टोकियोबाट नजिकै रहेको क्षेत्रमा सङ्कटकाल लगाइएको हो । सङ्कटकाल यही अगस्ट ३१ सम्म लागू हुने जनाइएको छ । टोकियो र ओकिनावामा लगाइएको सङ्कटकाल पनि अगस्ट ३१ सम्मका लागि तय गरिएको छ । जापान सरकारले सङ्कटकालसँगै महामारी नियन्त्रणका लागि अन्य व्यवस्थामा पनि कडाइ गरेको छ । त्यसैगरी खोप अभियानलाई पनि तीव्रताका साथ अगाडि बढाइरहेको छ । सङ्कटकालका बेला मादक पदार्थ बिक्री वितरणमा पनि कडाइ गरिएको छ । अन्य व्यापार व्यवसायलाई पनि नियन्त्रण गरिएको छ । उनीहरुलाई बेलुका ८ बजे बन्द गरिसक्न निर्देशन दिइएको छ ।
सङ्कटकालको निर्देशन पर्याप्त रुपमा कार्यान्वन भएको वा नभएका बारेमा अनुगमन गर्न सरकारी अधिकारीहरु पनि धेरै खटाइएको छ । सरकारले अन्य छ क्षेत्रमा पनि खुकुलो सङ्कटकाल लगाएको छ । ती क्षेत्रहरुमा महामारी पनि कम रहेको र प्रतिबन्धात्मक व्यवस्थाहरु पनि खुकुलो बनाइएको अधिकारीहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण