नेप्से परिसूचक ४ अङ्कले बढ्यो, माइक्रो फाइनान्स समूह चम्किँदा ११ अर्बको कारोबार
सोमबार, १८ साउन २०७८, १६ : ४१
सोमबार सेयर बजार परिसूचक नेप्से ४.०६ अङ्कले बढेर ३ हजार ८५.०७ विन्दुमा उक्लिएको छ । गत आइतबार झिनो (१.२५) अङ्कले मात्र बढेको बजारमा सोमबार माइक्रो फाइनान्स समूह चम्किदा ४ अङ्क माथिको सुधार भएको हो ।
त्यसो त यस दिन माइक्रो फाइनान्स समूहको मात्र सेयर मूल्य २.२२ प्रतिशतले वृद्धि भएको छ भने, यस दिन कारोबार रकम समेत ११ अर्ब हाराहारीमा भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस दिन कुल २२६ कम्पनीका २ करोड १८ लाख कित्ता माथिको सेयर बजारमा एक लाख पटक माथि किनबेच हुँदा १० अर्ब ९८ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।
गत आइतबार १.२५ अङ्कले बढेको बजारमा १२ अर्ब १० करोड माथिको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण