राजेश पायलको नयाँ गीत ‘फर्कन छोरा’
मङ्गलबार, १९ साउन २०७८, १३ : ०३
गायक राजेश पायल राईको स्वर रहेको नयाँ गीत ‘फर्कन छोरा’ सार्वजनिक भएको छ । केशव शर्मा दाहालको शब्द रहेको गीतमा रचन्दु गोर्खालीको संगीत संयोजन छ ।
विदेशिएका युवाहरुको घरमा एक्लिएका बाबु–आमाको निरस जीवन र पीडाको कथा चित्रण भिडियोमा गरिएको छ । केशव शर्मा दाहालकै प्रस्तुति र निर्माण रहेको भिडियोमा नाटक तथा फिल्म अभिनयमा देखिँदै आएका कलाकारहरु कमलमणि नेपाल र सरिता गिरिको अभिनय देख्न सकिन्छ ।
प्रवीण खतिवडाको निर्देशन रहेको भिडियोमा महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ । भिडियोको छायांकन काभ्रेको रयाले, बनेपा, तिनपिप्ले लगायतका स्थानमा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण