अमृता र सैफको डिभोर्सबारे छोरी साराको बयान – त्यो नै सही फैसला थियो
सन् १९९१ मा विवाह बन्धनमा बाँधिएका सैफ अली खान र अमृता सिंहले सन् २००४ मा सम्बन्ध विच्छेद गरे । सम्बन्ध विच्छेदपछि दुई सन्तान सारा अली खान र इब्राहिमको जिम्मा अमृताले पाइन् । यसका बाबजुद सैफ पनि आफ्ना छोराछोरीसँग निकै नजिक थिए ।
साराले पिता सैफ र सौतेली आमा करीना कपुरसँग समय बिताउँदै गरेको तस्बिरहरू सार्वजनिक भएका थिए । साराका अनुसार पिता सैफ र आमा अमृताले सम्बन्ध विच्छेद गर्ने सही फैसला लिएका थिए ।
हालै मात्र च्याट शो ‘फीट अप विद द स्टार्स’ का दौरान आफ्नो आमाबाबुको बिग्रँदो सम्बन्धबारे भनिन्, ‘यो निकै सहज छ । यदि तपाईंले हेर्नुभयो भने तपाईंसँग दुईवटा विकल्प हुन्छ, या त तपाईं त्यो घरमा साथ रहनुहोस् जहाँ तपाईं खुसी हुनुहुन्न, या अलग भएर आफ्नो जीवन खुसीसाथ बिताउनुहोस् र जब भेट्नुहोस् एक अर्कै प्रकारको माया पाउनुहोस् ।’

उनी अगाडि भन्छिन्, ‘म आफ्नो आमासँग बस्छु । वहाँ मेरो लागि सबैभन्दा प्रिय मित्र र मेरा लागि सबै कुरा हुन् । मेरो पिता फोनमा मेरा लागि जहिले उपलब्ध हुनुहुन्छ । म जतिबेला चाहन्छु, त्यतिबेला भेट्न पाउँछु । मलाई लाग्दैन कि दुई जना सँगै रहँदा खुसी थिए । त्यही भएर मलाई लाग्छ सम्बन्ध विच्छेद नै वहाँहरूका लागि सही निर्णय थियो । सायद हामी यति खुसी हुँदैन थियौँ होला ।’
कुली नम्बर वान पछि अब सारा अली खान 'अतरंगीमा' अक्षय कुमार र धुनषका साथ देखिँदै छिन् । यो चलचित्र सन् २०२१ को अगस्तमा रिलिज गर्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण