पोर्न चलचित्र मामिला : शर्लिन चोपडालाई सोधपुछका लागि बोलाइयो
पोर्न चलचित्र निर्माण मामिलामा आज अभिनेत्री शर्लिन चोपडालाई सोधपुछका लागि बोलाइएको छ । यस मामिलामा अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा न्यायिक हिरासतमा छन् । शर्लिनलाई प्रोपर्टी सेलको अफिसमा बिहान ११ बजे बोलाइएको छ । उनले राज कुन्द्राको कम्पनी ‘आर्म्सप्राइम मिडिया’सँग करार गरेकी थिइन् । करार अन्तरगत भारतभन्दा बाहिर रहेका कम्पनीका केही एपलाई अश्लीलल सामग्री उपलब्ध गराइन्थ्यो ।
शर्लिनले पनि राज कुन्द्रामाथि विभिन्न आरोप लगाएकी थिइन् । शर्लिनका अनुसार राज कुन्द्राले उनलाई वयस्क फिल्म क्षेत्रमा धकेलेका हुन् । राजले नै उनलाई वयस्क फिल्ममा काम गर्न भनेका थिए । सबैभन्दा पहिलो एउटा रोलका लागि शर्लिन एप्रोच गरिएको र पछि वयस्क सामग्री निर्माण गर्ने अफर गरिएको थियो । राजले उनलाई 'हटसट' एपका लागि सुटिङ गर्न भनेको तर त्यसलाई शर्लिनले अस्वीकार गरेको बताएकी छन् ।
शर्लिनले अप्रिल २०२१ मा राजविरुद्ध एफआईआर दर्ता गरेकी थिइन् । राज हाल १४ दिनका लागि न्यायिक हिरासतमा छन् । उनलाई अदालतले २८ जुलाईमा जमानत दिन अस्वीकार गरेको थियो ।
शर्लिनका अनुसार राज २७ मार्च २०१९ मा उनको घर आएका थिए । राजले उनीमाथि जबरजस्ती गरेको पनि आरोप लगाएकी छन् । शर्लिनले राजलाई विवाहित पुरुषसँग सम्बन्ध नराख्ने र व्यवसायलाई निजी जीवनसँग नमिसाउने बताएको दाबी गरेकी छन् । जवाफमा राजले आफ्नो पत्नी शिल्पासँग सम्बन्ध बिग्रिएको र घरमा तनाव रहेको बताएको पनि शर्लिनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण