पोखरामा २३ स्थानबाट ‘भेरोसेल’ खोप लगाइने
पोखरा महानगरपालिकामा एकै पटक दुई दर्जन स्थानबाट कोरोना विरुद्धको ‘भेरोसेल’ खोप लगाइने भएको छ । यसअघि सिमित संख्यामा तोकिएका केन्द्रबाट खोप दिँदा अत्याधिक भीड भएकाले संक्रमण बढ्ने जोखिम बढेको गुनासो आएपछि पोखरा महानगर स्वास्थ्य महाशाखाले पोखराका २३ वटा केन्द्रबाट ‘भेरोसेल’ को दोस्रो खोप दिने केन्द्र तोकेको हो ।
यहि श्रावण ४ गतेसम्म कोरोना विरुद्धको पहिलो डोज लगाएका व्यक्तिहरुलाई दोश्रो डोजका लागि पोखरा महानगरका विभिन्न २३ स्थानमा खोप केन्द्र तोकिएको पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्य महाशाखाले यही श्रावणको २५, २६ र २७ गते महानगरका २३ स्थानमा ‘भेरोसेल’ खोपको दोश्रो डोज उपलब्ध गराइने जनाएको छ । महाशाखाका अनुसार ‘भेरोसेल’ को दोस्रो मात्रा लगाउनका लागि पोखरा नगरक्षेत्रको वडा नम्बर १ को शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर २, ३, ६, १२, १९ र २१ मा साउन २५ र २६ गते खोप लगाइने छ । त्यसैगरी पोखरा महानगरपालिकाको वडा नम्बर ४, ५, ७, ८, ९, १०, ११, १५, १६, १८ र २० को वडा कार्यालयहरूमा साउन २५, २६ र २७ गते तीन दिनसम्म नियमित खोप लगाइनेछ ।
त्यसैगरी साउन २७ गतेका दिन भने पोखराको अमरसिंह मावि र कन्या माविमा खोप सेवा सञ्चालन गरिने छ । दोश्रो डोजको खोप लगाउनका लागि आफुलाई पायक पर्ने स्थानमा पहिलो खोप लगाएको कार्ड अनिवार्य रुपमा लिएर उपस्थित हुनु पर्ने स्वास्थ्य शाखाले आग्रह गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण