पोखरामा २३ स्थानबाट ‘भेरोसेल’ खोप लगाइने

पोखरा महानगरपालिकामा एकै पटक दुई दर्जन स्थानबाट कोरोना विरुद्धको ‘भेरोसेल’ खोप लगाइने भएको छ । यसअघि सिमित संख्यामा तोकिएका केन्द्रबाट खोप दिँदा अत्याधिक भीड भएकाले संक्रमण बढ्ने जोखिम बढेको गुनासो आएपछि पोखरा महानगर स्वास्थ्य महाशाखाले पोखराका २३ वटा केन्द्रबाट ‘भेरोसेल’ को दोस्रो खोप दिने केन्द्र तोकेको हो ।
यहि श्रावण ४ गतेसम्म कोरोना विरुद्धको पहिलो डोज लगाएका व्यक्तिहरुलाई दोश्रो डोजका लागि पोखरा महानगरका विभिन्न २३ स्थानमा खोप केन्द्र तोकिएको पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्य महाशाखाले यही श्रावणको २५, २६ र २७ गते महानगरका २३ स्थानमा ‘भेरोसेल’ खोपको दोश्रो डोज उपलब्ध गराइने जनाएको छ । महाशाखाका अनुसार ‘भेरोसेल’ को दोस्रो मात्रा लगाउनका लागि पोखरा नगरक्षेत्रको वडा नम्बर १ को शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर २, ३, ६, १२, १९ र २१ मा साउन २५ र २६ गते खोप लगाइने छ । त्यसैगरी पोखरा महानगरपालिकाको वडा नम्बर ४, ५, ७, ८, ९, १०, ११, १५, १६, १८ र २० को वडा कार्यालयहरूमा साउन २५, २६ र २७ गते तीन दिनसम्म नियमित खोप लगाइनेछ ।
त्यसैगरी साउन २७ गतेका दिन भने पोखराको अमरसिंह मावि र कन्या माविमा खोप सेवा सञ्चालन गरिने छ । दोश्रो डोजको खोप लगाउनका लागि आफुलाई पायक पर्ने स्थानमा पहिलो खोप लगाएको कार्ड अनिवार्य रुपमा लिएर उपस्थित हुनु पर्ने स्वास्थ्य शाखाले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित