तालिवान लडाकुद्वारा ३ दिनमा चारवटा प्रान्तीय राजधानी कब्जा
आइतबार, २४ साउन २०७८, २२ : १२

अफगानिस्तानमा तालिवान लडाकुले ३ दिनमा चारवटा प्रान्तीय राजधानी कब्जा गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार शुक्रबारयता तालिबान लडाकुले ४ वटा प्रान्तीय राजधानी कब्जा गरेका हुन् । आइतबार मात्र तालिवान लडाकुले अफगानिस्तानको प्रान्तीय राजधानी कुन्दुज शहर कब्जा गरेका छन् । त्यसअघि उनीहरुले जारान्ज, शाबरगान र जोजन कब्जा गरेका थिए ।
शुक्रबार सुरुमा उनीहरुले निम्रोज प्रान्तको राजधानी जरन्ज कब्जा गरेका थिए । त्यसयता लगातार चार राजधानी कब्जा गरेका छन् । पछिल्ला महिनाहरुमा अफगानिस्तानका अधिकांश ग्रामीण क्षेत्र नियन्त्रण गर्दै आएको सो समूह अब शहर कब्जा गर्ने रणनीतिका साथ अघि बढिरहेको छ । तालिवानले तीन दिनभित्रै चारवटा प्रान्तीय राजधानी कब्जामा परेपछि अफगानिस्तानको सेना भने अलमलमा परेको समाचार एजेन्सी एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा दर्जनौँ बटुकहरूको सामूहिक व्रतबन्ध (तस्बिरहरू)
-
संविधानमा लेख्दैमा समाज छुवाछुतमुक्त हुँदैन : सांसद मिजार
-
गौरीगंगा र आयोजक जनहितबिच उपाधि भिडन्त
-
सेनामा तेस्रो लिङ्गीहरूलाई प्रतिबन्ध लगाउन अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई दियो अनुमति
-
गुगलमाथि अमेरिकाको लगाम
-
वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि पोखरामा तनाव