तालिवान लडाकुद्वारा ३ दिनमा चारवटा प्रान्तीय राजधानी कब्जा
आइतबार, २४ साउन २०७८, २२ : १२
अफगानिस्तानमा तालिवान लडाकुले ३ दिनमा चारवटा प्रान्तीय राजधानी कब्जा गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार शुक्रबारयता तालिबान लडाकुले ४ वटा प्रान्तीय राजधानी कब्जा गरेका हुन् । आइतबार मात्र तालिवान लडाकुले अफगानिस्तानको प्रान्तीय राजधानी कुन्दुज शहर कब्जा गरेका छन् । त्यसअघि उनीहरुले जारान्ज, शाबरगान र जोजन कब्जा गरेका थिए ।
शुक्रबार सुरुमा उनीहरुले निम्रोज प्रान्तको राजधानी जरन्ज कब्जा गरेका थिए । त्यसयता लगातार चार राजधानी कब्जा गरेका छन् । पछिल्ला महिनाहरुमा अफगानिस्तानका अधिकांश ग्रामीण क्षेत्र नियन्त्रण गर्दै आएको सो समूह अब शहर कब्जा गर्ने रणनीतिका साथ अघि बढिरहेको छ । तालिवानले तीन दिनभित्रै चारवटा प्रान्तीय राजधानी कब्जामा परेपछि अफगानिस्तानको सेना भने अलमलमा परेको समाचार एजेन्सी एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण