रणवीर बराबर पारिश्रमिक मागेपछि दीपिकालाई फिल्मबाट निकालियो
बलिउडका फिल्म निर्देशक संजय लिला भंसालीको मेगा प्रोजेक्ट ‘बैजु बावरा’ बाट अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छन् । केही भारतीय सञ्चार माध्यमको रिपोर्टका अनुसार अभिनेता तथा दीपिकाको पति रणवीर सिंह जति नै पारिश्रमिक मागेपछि दीपिका उक्त प्रोजेक्टबाट बाहिरिएकी हुन् ।
रिपोर्टका अनुसार फिल्ममा मुख्य भूमिकाका लागि रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई चुनिएको थियो । उक्त निर्णयपछि उनीहरुका दर्शकले निकै खुशी व्यक्त गरेका थिए । तर, दीपिका फिल्मबाट बाहिरिएको खबरपछि धेरै जना आश्चर्यमा परेका छन् ।
फिल्मसँग निकट एक स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चार माध्यमले बताए अनुसार दीपिकाले रणवीरको जति नै पारिश्रमिक मागेकी थिइन् । उनले गरेको उक्त माग पूरा नभएपछि उनी बाहिरिएकी हुन् ।
सुत्रका अनुसार दीपिका फिल्मबाट बाहिरिएपछि अब उनको भूमिकामा को आउने भन्ने विषयमा अन्योल नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण